Listen Live: 

नौ महिनामा २ लाख बढी पर्यटकले घुमे चितवन राष्ट्रिय निकुञ्ज

Radio Chitwan
मङ्लबार, बैशाख २६, २०८०

चितवन, वैशाख २६–

चालु आर्थिक वर्षको नौ महिनामा झन्डै सवा दुई लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार यस आर्थिक वर्ष २०७९र८० को चैत मसान्तसम्म २ लाख २१ हजार ५०३ जनाले निकुञ्जको अवलोकन गरेका छन् ।

तीमध्ये एक लाख ५९ हजार ७०८ जना नेपाली, २२ हजार ३९० जना सार्क राष्ट्र र ३९ हजार ४०५ जना अन्य देशका पर्यटक रहेको तिवारीले बताए । नौ महिनामा निकुञ्ज अवलोकन गर्ने पर्यटकको संख्या गत वर्षभन्दा धेरै हो । चितवन निकुञ्जले उपलब्ध गराएको तथ्यांकअनुसार गत वर्ष १ लाख ९० हजार ४५८ जना पर्यटकले अवलोकन गरेका थिए ।

आर्थिक वर्ष २०७५र७६ मा १ लाख ८७ जनाले अवलोकन गरेका थिए । ‘पछिल्ला १० वर्षमा २०७५र७६ मा धेरै पर्यटकले निकुञ्ज घुमेका थिए । त्यसपछि कोभिड–१९ को असर प¥यो । यस वर्ष निकुञ्ज घुम्ने पर्यटकको संख्या निकै बढेको छ,’ तिवारीले भने, ‘नौ महिनामा निकुञ्ज प्रवेश गर्ने पर्यटकको संख्या विगतमा वर्षभरिमा घुम्नेको संख्याभन्दा बढी छ ।’

आन्य समाचारहरु:-
December 9, 2023
टिकौली चौरमा मंसिर २५ गते देखि दोस्रो रत्नप्रिय कप हुँदै

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]

December 8, 2023
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ ...

उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]

December 7, 2023
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने

चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]

December 6, 2023
रत्ननगर मेयर कप : इच्छाकामनालाई हराउदै रत्ननगर फाइनलमा प्रवेश

रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram