कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
सोच परिवर्तनको दोस्रो वार्षिकोत्सव

गुञ्जनगर । भरतपुर–१८ स्थित सोच परिवर्तन नेपालले आफ्नो दोस्रो वार्षिकोत्सव विविध कार्यक्रम गर्दै सप्ताहव्यापीरुपमा मनाएको छ । सो अवसरमा उद्घोषण, वृक्षरोपण, रक्तदान, स्कुलस्तरीय हाजिरीजवाफ प्रतियोगितालगायतका कार्यक्रम सम्पन्न गरेको हो ।
भरतपुर–१८ का वडाध्यक्ष बाबुराम राना प्रमुखअतिथि रहेका थिए । उनले अबको योजनामा संस्थाको भवन बनाउने, महिलाहरुका लागि क्षमता विकास गर्न उद्घोषण तालिम तथा सीपमूलक, आयमूलक कार्यक्रमहरु ल्याइने बताए ।
कार्यक्रममा जिसस चितवनका सदस्य कृष्णभक्त भट्टराई, सेन्ट्रल कलेज भोकसनल ट्रेनिङ प्रालिका प्रिन्सिपल यज्ञविलास पौडेल, वडा सदस्य लक्ष्मी अधिकारी, जनप्रिय पब्लिक स्कुलका प्राचार्य भानुभक्त अर्याल, पत्रकार रामशरण गैरे, शान्ति टोलविकाश संस्थाकी अध्यक्ष नौमाया तामाङ, भीमेश्वर टोलविकास संस्थाका अध्यक्ष मित्रबहादुर गुरूङ, युनिक आमा समूहकी अध्यक्ष अञ्जली तामाङ, छहारी आमा समूहकी अध्यक्ष मैतीकाशी गुरूङ, दूधपोखरी आमा समूहकी अध्यक्ष बुधकुमारी गुरूङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
दोस्रो वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्दै आएको संस्थाले महिला सशक्तीकरण तथा एकदिने उद्घोषण कार्यक्रममा ४० जना सहभागीहरुलाई प्रशिक्षक पुनम मगरले प्रशिक्षण दिएकी थिइन् भने भरतपुर–१८ स्थित बोटेनी, परादेवी तथा महालक्ष्मी मन्दिर साथै भरतपुर–१७ मा रहेको चितवन मनकामना माईमन्दिरमा वृक्षरोपणसमेत गरेको थियो ।
यस्तै, भरतपुर–१८ स्थित गुञ्जनगर माविमा स्कुलस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको थियो । नौवटा विद्यालयहरुको उपस्थिति रहेको प्रतियोगितामा जनप्रिय पब्लिक स्कुलले प्रथम, गुञ्जनगर मावि दोस्रो, यस्तै समान अङ्क भएको कारणले शारदानगर मावि र शशिनगर मावि तेस्रो भएका थिए ।
यस्तै, संस्थाले गरेको रक्तदान कार्यक्रममा ३० जना रक्तदाताले रक्तदान गरेका थिए । संस्थाका अध्यक्ष शिवराज कँडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]