Listen Live: 

विद्यार्थी कम भएका विद्यालय गाभिने, संस्थागत विद्यालय पनि गाभिन्छन् : महानगर

Radio Chitwan
सोमवार, बैशाख २५, २०८०

भरतपुर । भरतपुर महानगरपालिकाले कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई नजिकको अर्को विद्यालयसँग गाभिएको छ । यसवर्ष महानगरले विद्यार्थी संख्या न्यून भएका ६ वटा सामुदायिक विद्यालयलाई नजिकको अर्को विद्यालयसँग गाभेको हो ।

भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका अनुसार जुनसुकै कक्षामा अनिवार्य २२ विद्यार्थी हुनैपर्छ । महाशाखाका प्रमुख महेन्द्र पौडेलले आठ कक्षासम्म चलेका विद्यालयमा १७६, पाँच कक्षासम्म चलेका विद्यालयमा ११० र तीन कक्षासम्म चलेका विद्यालयमा ६६ जना विद्यार्थी अनिवार्य हुनुपर्ने बताए ।

‘यस शैक्षिक सत्रमा भरतपुर महानगरले विद्यार्थी कम भएका ६ वटा आधारभूत विद्यालयलाई नजिकको विद्यालयमा मर्ज गरेको हो’, शैक्षिक प्रशासन महाशाखाका प्रमुख पौडेलले भने, ‘त्यो विद्यालयका विद्यार्थी गाभिएका विद्यालयमा पढ्न गएका छन्, पायक पर्ने नजिकैको विद्यालयसँग गाभेका हौँ, विद्यार्थीलाई कुनै समस्या भएको छैन ।’

उनका अनुसार नजिकै अर्को विद्यालय नभएका खण्डमा विद्यार्थी कम भएका विद्यालय पनि गाभिएका छैनन् । ‘नजिकै विद्यालय भएका र विद्यार्थी संख्या पनि कम भएका विद्यालयलाई गाभेका हौँ’, प्रमुख पौडेलले भने ।

महानगरको शैक्षिक प्रशासन महाशाखाका अनुसार भरतपुर–२३ को बेलहठ्ठामा रहेको राष्ट्रिय आधारभूत विद्यालय नजिकैको कदम आधारभूत विद्यालयमा गाभिएको छ । भरतपुर–२१ को आधारभूत विद्यालय सीतापुरलाई अन्नपूर्णा मावि पार्वतीपुरसँग मर्ज गरिएको छ ।

यस्तै, भरतपुर वडा नं–१६ को बसुन्धरा आधारभूत विद्यालयलाई सोही वडाको सबैभन्दा नजिक रहेको दुर्गा शेषकान्त नमुना माविमा लगेर गाभिएको छ । भरतपुर–११ को नवजागृति आधारभूत विद्यालय नयाँकिरण कमलकुसुम माविसँग गाभिएको छ ।

यसैगरी, भरतपुर–११ कै स्वविवेक आधारभूत विद्यालय लामाटोललाई सिद्धिविनायक माविसँग मर्ज गरिएको छ । भरतपुर–२९ को आधारभूत विद्यालय भोर्लेलाई कविलास मावि जुगेडीमा मर्ज गरिएको छ ।

‘अब विद्यार्थी संख्या कम भएका विद्यालयहरु बिस्तारै मर्ज हुँदै जानेछन्, मर्ज भएका विद्यालयका शिक्षकहरुलाई विद्यार्थी संख्या धेरै भएका विद्यालयमा पठाइएको छ’, भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र पौडेलले भने, ‘शिक्षक दरबन्दी मिलानको काम पनि पूरा भएको छ, विद्यार्थी, अभिभावक, स्थानीय र वडा कार्यालयको सिफारिसमै विद्यालय मर्ज गरिएको हो ।’

कम विद्यार्थी भएका संस्थागत विद्यालयलाई पनि मर्जमा लैजाने उनले बताए । उनले भने, ‘विद्यालय मर्ज गरे थोरै जनशक्ति र लगानीबाट धेरै प्रतिफल लिन सकिन्छ, राज्यलाई धेरै भार पर्दैन । दरबन्दी कम भएका विद्यालयले थप दरबन्दी पाउँछन् ।’

उनले अब कम विद्यार्थी भएका संस्थागत विद्यालयको कक्षा अनुमति घटाउन सुरू गरिएको बताए । उनका अनुसार भरतपुर–२९ स्थित कविलास बोर्डिङ स्कुलको कक्षा ९ को अनुमति यसपटक खारेज गरिएको छ । एउटा कक्षामा २२ जना विद्यार्थी संख्या नपुगेपछि सो स्कुलको कक्षा ९ को मात्र अनुमति खारेज गरेर कक्षा ८ मा सीमित राखिएको महानगरको शैक्षिक प्रशासनले जनाएको छ । पौडेलले भने, ‘गत वर्ष कक्षा ९ को अनुमति दिइएको थियो, कम विद्यार्थी भएपछि अनुमति खारेज गरियो ।’

मर्ज भएका सामुदायिक विद्यालयको भौतिक संरचनाको सम्बन्धित वडा कार्यालयले रेखदेख र संरक्षण गर्नेछ । यसको अभिलेखीकरण महानगरको भू–उपयोग शाखाले राखेको छ । वडाले मर्ज भएका विद्यालयको संरचना कुनै प्रयोजनमा लगाउन सक्नेछ भने महानगरको समन्वयमा जग्गालाई पनि कुनै काममा प्रयोग गर्न सक्नेछ ।

आन्य समाचारहरु:-
February 23, 2024
रत्ननगरका १६ वटै वडामा अनेमसंघको नयाँ कमिटी गठन

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका १६ वटै वडामा अखिल नेपाल महिला संघको नयाँ कमिटी गठन गरिएको छ । नेकपा एमाले निकट संघको छुट्टाछुट्टै अधिवेशन गरी वडा कमिटी गठन गरिएको […]

February 22, 2024
दैनिक चार घण्टा गाडी रोकेर काम हुँदै आएको नारायणगढ–मुग्लिन सडक आइतवारदेखि बन्द नहुने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ […]

February 15, 2024
होटल व्यवसायी महासंघको साधारण सभा रत्ननगरमा हुने

रत्ननगर । होटल व्यवसायी महासंघ नेपालको ११ औं बार्षिक साधारण सभा फागुन ४ गते रत्ननगरमा हुने भएको छ । रत्ननगरको सौराहाचोक स्थित होटल गंगोत्री होइवेमा हुने साधारण सभाको बागमती प्रदेशका […]

February 13, 2024
साैराहा फुड फेष्टिबल : वेटर रेसमा पंगेनी र डाेरी तान्नेमा थ्रि एन्जल रेष्टुरेन्ट प्रथम

रत्ननगर । साैराहामा जारी फुड फेष्टिबल अन्तर्गत मंगलबार वेटर रेस प्रतियाेगिता गरिएकाे छ ।फेष्टिबलकाे आयाेजक संस्था रेवान साैराहाले आयाेजना गरेकाे साे प्रतियाेगितामा थारु किचनका कमल पंगेनी प्रथम, नेवारी खाजा घरका […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram