Listen Live: 

कोरोना संक्रमित सबै होम आइशोलेसनमा, कोरोना भन्दा डेंगुले मर्ने बढी

Radio Chitwan
सोमवार, बैशाख २५, २०८०

भरतपुर । कोरोना संक्रमित भएका सवै मानिसहरु घरमै उपचाररत रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार अहिले १२ जनामा कोरोना संक्रमण देखिएकोमा सबै होम आइशोलेसनमा रहेका छन् ।
वैशाख २१ गतेको रिर्पोट अनुसार होम आइशोलेसनमा १२ जना छन् । जबकी वैशाख २० गते २५ जनामा संक्रमण देखिएको थियो । पछिल्लो लहरमा संक्रमित भएकाहरु प्रायले होम आइशोलेसनमा रहेर सेवा लिएको कार्यालयले जनाएको छ । जिल्लाका कोरोना संक्रमित उपचार गर्ने अस्पतालहरुमा संक्रमित छैनन् । कोरोनाको असर कम भएको कारणले अस्पताल भन्दा पनि घरमै आइशोलेसनमा स्वास्थ्य लाभ लिइरहेको भरतपुर अस्पतालका प्रवत्ता डा। गोविन्द कँडेलले बताए । घरमै स्वास्थ्य लाभ लिँदा अन्य व्यक्तिमा संक्रमण सर्ने सम्भावना पनि कम हुने उनको भनाइ छ ।
‘समस्या जटिल भएमा अस्पताल आउनुपर्ने हुन्छ, तर सामान्य अवस्थामा घरमै उपचार सेवा लिन सकिन्छ, डा। कँडेलले भने । पाँच महिना पछि चितवनमा पुन कोरोना संक्रमित भेटिएका छन् । यस वर्ष गत कात्तिक १८ गते अन्तिम पटक ३ जनामा कोरोना संक्रमण भएको तथ्याक सार्वजनिक गरेको थियो ।
पाँच महिनाको अन्तरालमा चैत १८ गते जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईले बताए । संक्रमित दुवै जना महिला रहेका छन् । चितवनमा जम्मा कोरोनाका कारण मृत्यु ४५१ रहेको छ ।
त्यस्तै चितवनमा डेंगुका कारण यस आर्थिक वर्षमा ३ जनाको मृत्यु भएको छ । चितवनका अस्प्तालमा उपचाररत रहि मर्ने अन्य जिल्लाका ३ जना रहेका छन् । ३ हजार ३ सय १२ जनामा संक्रमण हुँदा ६ जनाको मृत्यु भएको छ । झण्डै ३३ हजारको डेंगु परिक्षण भएको छ ।
चिसो मौसमा भन्दा तातो मौसममा डेंगुको जोखिम बढि हुने भएकाले लामखुटेको टोकाइबाट बच्न आवश्यक सावधान अपनाउन पर्ने डा। कँडेलले बताए । कोरोनाका कारण चालु वर्षमा चितवनका २ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना संक्रमित र यसको जोखिम कम भएकाले नागरिक पनि कोरोना पूर्वको जस्तै अवस्थामा जीवनशैली अपनाउन थालेका छन् । गत चैत १८ गते देखि हालसम्म खासै उल्लेखीय संख्यामा कोरोना संक्रमित नभेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । केही स्वास्थ्य कर्मीमा संक्रमण देखिएकोमा असपतालमा अहिले त्यस्तो समस्या नदेखिएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए । २ वर्ष अघि ०७७ फागुन २७ गते कोरोना संक्रमित भेटिएको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram