कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
कान्दाको शिक्षामा लक्ष्मी प्रतिष्ठान, सक्रियता बढाउँदै स्थानीय सरकार

भरतपुर । राप्ती नगरपालिकाको वडा नं–१३ कान्दामा २०७२ सालदेखि लक्ष्मी प्रतिष्ठान नामक गैरसरकारी संस्थाले ‘कुमार–बलराम छात्रावास’ सञ्चालन गर्दै आएको छ । सोही छात्रावासको आडमा स्थानीय कान्देश्वरी आधारभूत विद्यालय चलिरहेको छ । विष्णु गौतमले आफ्ना दुई भाइ छोराको निधनपछि संस्था खोलेपछि कान्दाको अँध्यारोलाई उज्यालो बनाउने सपना लिएर छात्रावास सञ्चालन गरेका हुन् ।
तर, संस्था सञ्चालन भएको यतिका वर्षसम्म पनि सरकारले चासो नदिएको गुनासो बढिरहँदा यसपालिदेखि भने राप्ती नगरपालिकाले उक्त छात्रावासलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । प्रतिष्ठानले स्थानीय सरकारलाई कान्देली बालबालिकाको शैक्षिक भविष्यका लागि ध्यान दिन आग्रह गरिरह्यो । त्यसमा २०६७ सालदेखि नै कान्दासँग नजिकिएको मितेरी फाउन्डेसनले विशेष आग्रह गरेपछि केही हप्ताअघि राप्ती नगरपालिकाका मेयर शमशेर लामा र उपमेयर देवेन्द्र लामासहितको टोली कान्दा पुगे ।
कान्दाको वस्तुस्थिति बुझिसकेपछि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । ‘हामी पनि निर्वाचित भएपछि पहिलोपटक कान्दा पुगेका हौँ’, मेयर लामाले भने, ‘त्यहाँको वस्तुस्थिति बुझिसकेपछि हामी त्यस क्षेत्रको विकासका लागि सकारात्मक छौँ ।’ कान्दाको शैक्षिक विकासका लागि लक्ष्मी प्रतिष्ठानको सहयोगले स्थानीय सरकारलाई मह¤वपूर्ण योगदान मिलेको भन्दै मेयर लामाले भने, ‘सरकारले गर्नुपर्ने काम गैरसरकारी संस्थाले गरिरहेको रहेछ । अब त्यसलाई जोगाउन हामीले पनि सक्दो सहयोग गर्ने योजना बनाएका छौँ ।’
चालू आर्थिक वर्ष आखिरीमा आइपुगेको हुँदा नयाँ आर्थिक वर्षबाट कान्दाको शिक्षा, विद्युत् र सडक सञ्जालको विकासमा राप्ती नगरपालिकाले उचित कदम चाल्ने मेयर लामाले बताए । ‘मोटरबाटोलाई जेठ पहिलो सातादेखि नै खन्ने तयारी गरेका छौँ’, उनले भने । २०६७ साल जेठ १४ गते विषालु च्याउ सेवन गरेका कारण कान्दाको एकै परिवारका आठ जनाले ज्यान गुमाएपछि सोही घटनामार्फत मितेरी फाउन्डेसनले लक्ष्मी प्रतिष्ठानलाई कान्दा पु¥याएको थियो ।
फाउन्डेसनका महासचिव राधेश्याम खतिवडाका अनुसार त्यसयता फाउन्डेसनले सामाजिक क्षेत्रमा र प्रतिष्ठानले शैक्षिक क्षेत्रमा काम गर्दै आएको छ । यसपटक स्थानीय सरकारलाई कान्दा पु¥याउने जमर्को पनि तिनै मितेरी फाउन्डेसनले गरेको थियो । यसपटक जनप्रतिनिधिमात्रै पुगेनन् उनीहरुसँगै खाद्यान्न, एकीकृत स्वास्थ्य शिविर र कृषिका लागि बीउबिजनसमेत कान्दा पुग्यो ।
लक्ष्मी प्रतिष्ठानले भने अब बिस्तारै कान्दाको शैक्षिक गतिविधिलाई स्थानीय सरकारलाई हस्तान्तरण गर्ने योजना बनाएको छ । ‘मैले अब बढीमा चार वर्षमात्रै छात्रावास चलाउँछु’, प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले भने, ‘त्यसपछिको जिम्मेवारी स्थानीय सरकारलाई सुम्पिन्छु । त्यसका लागि पनि स्थानीय सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने बाध्यता थियो । त्यसैले पनि हामीले निरन्तर स्थानीय सरकारलाई दबाब दिइरहेका छौँ ।’
यसपटक पालिकाको नेतृत्व नै कान्दा पुगेर वस्तुस्थिति बुझेर फर्किएको हुँदा केही आशा जगाएको उनले बताए । यसवर्ष पनि कुमार–बलराम छात्रावासमा १३० जना चेपाङ बालबालिका आवासीय सुविधासहित बसिरहेका छन् । कालिटारदेखिकै चेपाङका अभिभावक पुगे पनि छात्रावासको क्षमताभन्दा बढी विद्यार्थी राख्न नसकिने हुँदा १३० भन्दा बढी विद्यार्थी राख्न असमर्थ भएको उनले बताए । ‘विद्यार्थी संख्या त धेरै नै हुन्थ्यो, तर हाम्रो छात्रावासको क्षमताले धान्न नसक्ने हुँदा १३० जनामात्रै राख्न सकेका छौँ’, प्रतिष्ठानका व्यवस्थापक मनोज श्रेष्ठले भने ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

