Listen Live: 

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : हल्का वर्षाको सम्भावना

Radio Chitwan
बुधबार, चैत्र ९, २०७८

काठमाडौँ,९ चैत । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

राति पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागका अनुसार बिहीबार पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव आठ डिग्री र अधिकतम तापक्रम ३० दशमलव पाँच डिग्री सेल्सियस छ । बुधबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस छ । रासस

आन्य समाचारहरु:-
August 13, 2024
उद्यमशिल महिला समुहले मनायो स्थापना दिवस

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित नगर स्तरीय उद्यमशिल महिला समुहले मंगलबार सातौं स्थापना दिवस मनाएको छ । २०६७ सालमा स्थापना भएको सो समुहले महिलाहरुलाई उद्यमी बनाउन गरेको कामको समीक्षा […]

August 5, 2024
कक्षा १२ मा स्काइराइडरका दुई छात्र राष्ट्रियस्तरमा सर्वोत्कृष्ट

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरस्थित स्काइराइडर आवासीय माविका दुई जना विद्यार्थीले कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउन सफल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजाअनुसार सो […]

July 30, 2024
कालिका- ८ का किशोरी र गर्भवती महिलालाई पोषण, प्रजनन र स्वास्थ्य सम्बन्धी सचेतना

कालिका, बैशाख २२ । चितवनको कालिका नगरपालिकाले विद्यालय बाहिर रहेका किशोरी र गर्भवती महिलाहरूलाई पोषण,  प्रजनन र  स्वास्थ्य सम्बन्धी कार्यक्रम गरेको छ । कालिका नगरपालिकाको आयोजनामा कालिका वडा नं. ८ […]

July 17, 2024
रत्ननगर ६ मा रहेकाे बछाैली माविमा शैक्षिक गुणस्तर सुधार गर्न अन्तर्क्रिया

सौराहा । रत्ननगर नगरपालिका वडा नं.६ मा रहेकाे बछौली माविमा बार्षिक बजेट निर्माण तथा शैक्षिक गुणस्तरवृद्धिका लागि सुझाव संकलन एवम् अन्तर्क्रिया कार्यक्रम बुधबार सम्पन्न भएकाे छ ।  रत्ननगर नगरपालिका भित्रका […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram