कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
घरभाडा तिर्न नसक्दा बजारका व्यवसायी विस्थापित हुने अवस्थामा

भरतपुर । घरभाडा तिर्न नसक्दा बजारका व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । सोमबार नारायणगढमा एउटा होटल शुभारम्भका क्रममा होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले वर्तमान समय उद्योगी व्यवसायीका लागि संकटपूर्ण रहेको हुँदा व्यवसायीका हितबारे घरधनीहरूले लचकता अपनाइदिनुपर्ने बताए । पुलचोकस्थित होटल डायमण्ड रेष्टुरेण्ट एण्ड बारको उद्घाटन गर्दै अध्यक्ष चुकेले भने, ‘घरधनीकै व्यवहारका कारण कुनै पनि व्यवसायी आफ्नो व्यवसायबाट पलायन हुन नपरोस् । बहालवालालाई जोगाउन सके घरधनी सक्षम हुने हो ।’
पछिल्लो समय चितवनमै पनि सात वटा होटल व्यवसायी भाडा तिर्न नसकेकै कारण विस्थापित भएको उनले बताए । त्यस्तो अवस्था आउन नदिन घरधनीले अवस्था बुझेर व्यवहार गरिदिन पनि उनले आग्रह गरे । ‘व्यवसाय नै ठप्प भएको बेला भाडा बुझाउन दबाब दिने समस्याले व्यवसाय नै छाडेर जानुपरेको छ,’ उनले भने, ‘एक ठाउँमा गरिसकेको लगानी छोडेर जाँदा व्यवसायी दोहोरो मारमा परिरहेका छन् ।’
चितवनको होटल व्यवसायको कारोबार ४० प्रतिशतमा झरिसकेको उनले बताए । ‘कुनै समय ८० प्रतिशतसम्म कारोबार हुन्थ्यो । तर, अहिले अवस्था त्यस्तो छैन,’ उनले भने, ‘आर्थिक मन्दीका कारण मानिसहरूसँग पैसा नहुँदा त्यसको असर व्यवसायमा परेको छ ।’ होटल व्यवसाय नचल्दा त्यसको असर अन्य व्यवसायमा पनि ठोक्किन पुगेको उनको भनाइ छ ।
उद्योग वाणिज्य संघ चितवनका वस्तुगत संघतर्फका संयोजक एवम् उपाध्यक्ष शिरीष पन्तले चितवनमा ८० देखि ९० प्रतिशत व्यवसाय भाडामै चलिरहेको हुँदा त्यस्ता व्यवसायीलाई जोगाउन उद्योग वाणिज्य संघ तयार रहेको बताए । एक जना व्यक्तिले कुनै एउटा व्यवसाय सञ्चालन गर्दैगर्दा त्यसबाट उनको आर्थिक अवस्थामा मात्र नभई समाज रूपान्तरणमा कत्तिको भूमिका खेलेको छ भन्ने कुरा सबैले बुझ्नुपर्ने उनले बताए ।
देश नै आर्थिक मन्दीले आक्रान्त बनिरहेका बेला ठूला उद्योगी, व्यवसायीले आत्महत्याको बाटो रोज्न बाध्य भइरहेको उदाहरण दिँदै उनले भने, ‘त्यस्तो अवस्था आउन नदिन घरधनी, व्यवसायीका छाता संगठन तथा राज्यले विशेष ध्यान दिनुपर्छ ।’ केही दिनअघि मृत्यु भएका उद्योगी कृष्ण कँडेलको घटनामा संलग्नलाई पनि राज्यकै निकायबाट छानविन गरी दोषी ठहरिए कानुनी कठघरामा उभ्याउन उनले माग गरे ।
यसअघिको व्यवसायीले छाडेर गएपछि शंकरप्रसाद घिमिरेको परिवारले होटल सञ्चालन गरेको हो । घिमिरे फेन्सी व्यवसायी संघ चितवनका अध्यक्षसमेत हुन् । ‘व्यवसाय चलाइरहेकाले चलाउन सकिएन भनेर छाडेपछि घर खाली भयो,’ उनले भने, ‘नयाँ लगानीकर्ता पनि आउने सम्भावना नदेखेपछि हामी आफैँले होटल खोल्ने योजना बनाएका हौँ ।’ होटलमा सुविधासम्पन्न १६ वटा कोठा रहेको उनले बताए । उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनको वस्तुगत संघतर्फका प्रतिनिधिहरू उपस्थित थिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]