कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
भारतको बहुराष्ट्रिय कम्पनी हिरो कर्पोरेट सभिसेजका बित्त प्रमुख जोगेन्द्र सिंह व्यवसायसँग सम्बन्धित विशेष कार्यक्रमका लागि चितवन आउने

चितवन, वैशाख २५(
भारतको बहुराष्ट्रिय कम्पनी हिरो कर्पोरेट सभिसेजका बित्त प्रमुख जोगेन्द्र सिंह व्यवसायसँग सम्बन्धित विशेष कार्यक्रमका लागि चितवन आउने भएका छन् ।
सिंह वैशाख ३० गते बोस्टन इन्टरनेशनल कलेजका एमबीएका विद्यार्थीहरु, चितवनका व्यवसायी तथा उद्योगीहरुसँग अन्तक्रियाका लागि चितवन आउन लागेका हुन् ।
सिंहले बोस्टन इन्टरनेशनल कलेजमा ‘व्यवसायिक कार्यसम्पादन र बित्तीय क्षेत्रको भविष्य’ विषयमा आफ्नो प्रस्तुति दिने भएका छन् । सो कार्यक्रमको लागि बोस्टन कलेज, चितवन उद्योग संघ र नारायणगढ जेसीजले कार्यक्रमको संयोजन गरेका छन् ।
हिरो इन्टरप्राइजेजले भारतसहित विश्वभर गाडी तथा मोटरसाइकलको उत्पादन, घरजग्गा, शैक्षिक प्रतिष्ठान र इन्सुरेन्स क्षेत्रमा लगानी गरिहेको छ । विभिन्न भारतका प्रतिष्ठित कम्पनीहरुको व्यवस्थापन क्षेत्रमा संलग्न सिंह बिगत ३० वर्षदेखि बित्तीय क्षेत्रमा सफलरुपमा आफ्नो नेतृत्वदायी क्षमता प्रदर्शन गरिसकेका छन् । भारतका प्रतिष्ठित क्याम्पस तथा विश्वविद्यालयहरुमा अतिथि प्राध्यापकको रुपमा प्रशिक्षण दिँदै आएका सिंहबाट चितवनका विद्यार्थी र उद्योगीले व्यवसायिक ज्ञान र सिप प्राप्त गर्ने बोस्टन इन्टरनेशनल कलेजको विश्वास छ । बोस्टन इन्टरनेशनल कलेजको उद्यमशिल विभाग प्रमुख प्रेम गैरेले सिंहको अनुभव, ज्ञान र क्षमताको आदानप्रदानले भविष्यमा विद्यार्थीहरुले प्रयोगात्मक ज्ञान पाउनुको साथै व्यवसायिक क्षेत्रमा लाग्न अभिप्रेरित हुने आशा व्यक्त गरे । वैशाख ३० गते विहान १० बजेदेखि दिउँसो १ बजेसम्म सिंहले बोस्टन इन्टरनेशनल कलेजमा विद्यार्थी तथा उद्योगीहरुसँग अन्तरक्रिया गर्दै छन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]