Listen Live: 

भरतपुर–३ लाई वातावरणमैत्री वडा बनाइँदै

Radio Chitwan
आइतवार, बैशाख २४, २०८०

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–३ लाई वातावरणमैत्री तथा पूर्ण सरसफाइयुक्त वडा निर्माणको लागि शनिबार टोलस्तरीय भेला गरिएको छ । वडास्तरीय वातावरणमैत्री तथा पूर्ण सरसफाइयुक्त मूल समितिले भेलाका आयोजना गरेको हो ।

वडालाई वातावरणमैत्री तथा पूर्ण सरसफाइयुक्त बनाउनको लागि प्रत्येक टोलमा उपसमिति गठन गर्न टोलस्तरीय भेला आयोजना गरिएको मूल समितिका संयोजक माधव अर्यालले जानकारी दिए । उनका अनुसार भरतपुर–३ भित्र रहेका २२ वटा टोलमै उपसमिति बन्नेछ ।

भेलाको अध्यक्षता गरेका संयोजक अर्यालले भने, ‘भरतपुर–३ लाई वातावरणमैत्री तथा पूर्ण सरसफाइयुक्त वडा निर्माणको लागि पहिलो चरणको कार्यक्रमहरु अघि बढेका छन्, २२ वटा टोलमै उपसमिति गठन भएपछि फिल्डको काम पनि अघि बढ्नेछ ।’ उनले शनिबार नारायणी दोभान र हरियाली टोलको संयुक्त भेला भएको बताए । एक हप्ताभित्र उपसमिति तयार पार्न टोललाई निर्देशन दिइएको उनी बताउँछन् ।

भेलाका प्रमुख अतिथि भरतपुर–३ का वडाध्यक्ष विकास थापाले विभिन्न चुनौतीका सामु पनि वडालाई वातावरणमैत्री तथा पूर्ण सरसफाइयुक्त बनाइ छाड्ने प्रतिबद्धता गरे । उनले भने, ‘घोषणासम्म पुग्न समय लाग्ला, तर अठोट गरेर अघि बढेपछि पक्कै गन्तव्यमा पुगिन्छ ।’ उनले पहिलो चरणमा अन्तक्र्रिया कार्यक्रमहरु गर्दै विभिन्न समिति तथा उपसमितिहरु बनाइएको बताए ।

उनका अनुसार भरतपुर वडा नं ३ को कार्यालय र युवा समाज नेपालको संयुक्त पहलमा वातावरणमैत्री तथा पूर्ण सरसफाइयुक्त वडा निर्माणको लागि अभियान सुरू भएको हो । ‘डम्पिङ साइटजस्तो बनिरहेको यस वडालाई वातावरणमैत्री तथा पूर्ण सरसफाइयुक्त वडा बनाउन सके नमुना काम हुने अध्यक्ष थापाको भनाइ छ ।

टोलस्तरीय भेलामा युवा समाज नेपालका अध्यक्ष खगराज ओझाले भरतपुर–३ लाई वास्तवमा सरसफाइयुक्त वडा घोषणा गर्न सकियो भने भरतपुर महानगरमै चमत्कारी काम हुने बताए । उनले भने, ‘हामीसामु चुनौतीका पहाडहरु छन्, सबै वडावासीको पहलमा मात्र यो काम सम्भव हुने सक्नेछ, जहाँ बढी समस्या छ, समाधान पनि त्यहीबाट खोजिनुपर्छ ।’

भेलामा वातावरणविद् नारायणप्रसाद दवाडीले वातावरण तथा सरसफाइका सूचकका बारेमा जानकारी दिएका थिए । उनले पुरस्कारदेखि दण्ड जरिवानासम्मको कार्यक्रम टोलभित्र सुरू गरिनुपर्ने बताए ।

कार्यक्रममा नारायणी दोभान टोलका अध्यक्ष तथा मूल समितिका सचिव सूर्य बराल र हरियाली टोलका अध्यक्ष भरतबहादुर थापा ‘राजु’ले आफ्नो टोललाई वातावरण तथा पूर्ण सरसफाइयुक्त बनाउने प्रतिबद्धता जनाएका थिए । भेलामा गैसस महासंघ चितवनकी अध्यक्ष पार्वती घिमिरे दवाडीले स्वागत मन्तव्य दिएकी थिइन् ।

यसअघि वडालाई वातावरणमैत्री तथा पूर्ण सरसफाइयुक्त वडा बनाउन प्रत्येक दुई टोल विकास समितिबाट एक जना प्रतिनिधि रहने गरी मूल समिति गठन गरिएको छ । वडा सदस्य माधव अर्यालको अध्यक्षतामा ११ सदस्यीय मूल समितिले यतिबेला टोलस्तरीय उपसमितिहरु बनाइरहेको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram