काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
प्रधानमन्त्रीलाई चितवन कांग्रेसको आग्रहः रुङ्गटालाई यथाशिघ्र पक्राउ गरियोस्

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पोल्ट्री व्यवसायी शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्ने प्रदिप रुङ्गटा पक्राउ गर्न चितवन कांग्रेसले प्रधानमन्त्री समक्ष आग्रह गरेको छ । चितवन कांग्रेसका पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य रहेका कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्ने रुङ्गटालाई पक्राउ गर्न प्रधानमन्त्रीलाई उहाँकै निवास बालुवाटारमा भेटेर सभापति राजेश्वर खनालले आग्रह गरेका हुन् ।
आग्रह पछि प्रधानमन्त्री पुष्पकमल दाहालले सो विषयमा आफु गम्भिर रहेको बताउँदै फरार रहेका रुङ्गटालाई यथाशिघ्र पक्राउ गर्न प्रहरीलाई निर्देशन दिए । सभापति खनालसँगै निवर्तमान सभापति जितनारायण श्रेष्ठ, पूर्वमन्त्री मिलनबाबु श्रेष्ठ, शिवराम केसी लगायतका कांग्रेस नेता बालुवाटार पुगेका थिए । उनीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरि रुङ्गटालाई यथाशिघ्र पक्राउ गर्न आग्रह गरेका थिए ।
कँडेलको न्यायको लागि भन्दै चितवनमा आज शनिबार दिनभरी चक्काजाम गरिएको थियो । तर, चितवन कांग्रेसले भने दिउँसो १ घण्टाका लागि मात्रै चक्का जाम गरिएको जनाएको छ । सो बाहेकका कार्यक्रम चितवन कांग्रेसको नरहेको सभापति खनालको दाबी छ ।
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]