कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेलको शवलाई आज देवघाटमा अन्त्यष्टी गरिने

चितवन, वैशाख २४–
पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेलको शवलाई आज देवघाटमा अन्त्यष्टी गरिने भएको छ । वैशाख १९ गते साँझ आफ्नै अफिसमा झुण्डिएको अवस्थामा फेला परेका कँडेलको शवको पाँच दिनपछि अन्त्यष्टी गर्न लागिएको हो ।
शवको अन्त्यष्टी गर्नुअघि शवयात्रा निकाल्ने नेपाली कांग्रेस चितवनको तयारी छ । भरतपुर महानगरपालिका–८ स्थित कँडेलको निवासबाट बिहान ११ बजे कांग्रेस पार्टी कार्यालय कमलनगर, नारायणगढ हुँदै देवघाटसम्म शवयात्रा निकालेर अन्त्यष्टी गर्न लागिएको चितवन कांग्रेसका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए ।
कँडेल चितवन कांग्रेसको पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य थिए । अनमोल फिड्सको ८५ प्रतिशत शेयर किनेका उद्योगी प्रदीप रुङ्गटा र अनमोलकै लेखा प्रमुख जीवन रावलले आफुलाई मर्न बाध्य पारेको कुरा कँडेलले सुसाइड नोटमा उल्लेख गरेका थिए ।
कांग्रेस र कँडेलका समर्थकले आत्महत्या दुरुत्साहनका आरोपीलाई तत्काल पक्राउ गर्न माग गर्दै आन्दोलन गरेका थिए । प्रहरीले रावललाई पक्राउ गरिसकेको छ भने रुङ्गटा अझै फरार छन् । रुङ्गटालाई पक्राउ गर्न चितवन प्रहरीले सिआईबी लगायत सबै निकायमा सर्कुलर जारी गरेको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]