Listen Live: 

व्यवसायी कँडेल मृत्यु प्रकरण : अराजकतातर्फ जाँदै आन्दोलन

Radio Chitwan
शुक्रबार, बैशाख २२, २०८०

चितवन । पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्नेलाइ पक्राउ गर्न माग गर्दै चितवनमा गरिएको आन्दोलन अराजकतातर्फ जान थालेको छ । आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले जीवन रावललाई पक्राउ गरिसकेको छ ।
आत्महत्या गर्न दुरुत्साहन गरेका मुख्य योजनाकार प्रदिप रुङ्गटालाई अझै पक्राउ नगरेको भन्दै चितवन कांग्रेसले आज जिल्ला प्रशासन कार्यालय घेराउ गरेको थियो । घेराउपछि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आजको कार्यक्रम स्थगित भएको र भोलि पुनः आन्दोलन गर्ने बताए ।
कांग्रेसका कार्यकर्ताले भने जिल्ला सभापतिको कुरामा असहमति जनाए । उनीहरुले केन्द्रिय बसपार्क चोक र हाकिम चोकमा टायर बालेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरे । मोटरसाइकलमा सवार विरामी यात्रु र तिनका आफन्तलाई कांग्रेस कार्यकर्ताले कुटपिट गरे । अत्यावश्यक परेर हिँडेका यात्रुलाई पनि उनीहरुले सातो काडे ।
पार्टी निर्णयमा नै असन्तुष्टि जनाएका कार्यकर्ताले दिनभर राजमार्ग अवरुद्ध गर्नुपर्ने भन्दै आन्दोलन गरेका हुन् । प्रजिअ पौडेल र चितवन प्रहरी प्रमुख रामेश्वर कार्कीले आत्महत्या दुरुत्साहनको मुख्य योजनाकारलाई पक्राउ गर्न नसकेको भन्दै दबाब दिन आन्दोलन गर्नुपरेको कांग्रसका कार्यकर्ताले बताएका छन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram