Listen Live: 

पूर्वी चितवन पत्रकार मञ्च र रत्ननगर जेसीज बीच शुक्रबार मैत्रीपूर्ण फुटबल प्रतियाेगिता

Radio Chitwan
शुक्रबार, बैशाख २२, २०८०

चितवन। पूर्वी चितवन पत्रकार मञ्च र रत्ननगर जेसीज बीच शुक्रबार मैत्रीपूर्ण फुटबल प्रतियाेगिता गरिएकाे छ ।

जेसीज सप्ताहकाे अवसरमा आयाेजित खेल जेसीजले २- १ गोल अन्तरले जित हात पारेको छ । मैत्रीपूर्ण खेलमा जेसीजकाे तर्फबाट कप्तान सुरेशजंग पाण्डे र रोशन पौडेलले १/१ गाेल र पत्रकारकाे तर्फबाट राजनदिल गुरुङले एक गाेल गरेका थिए । जेसीजका पाण्डे उत्कृष्ट खेलाडी घाेषित भएको खेलमा ललीत थापाले रेफ्रीकाे भूमिका निर्वाह गरेका थिए ।

रत्ननगर वडा नं २ का वडाध्यक्ष राजेन्द्र घिमिरे प्रमुख अतिथि रहेकाे साे उद्घाटन कार्यक्रममा पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष हाेमनाथ सापकाेटा, प्रतियाेगिताका संयाेजक सुमन पाैडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

रत्ननगर जेसीजका अध्यक्ष अमित कुमार गुप्ताले सप्ताहकाे उद्देश्य र महत्वकाे बारेमा प्रकाश पारेका थिए । रत्ननगर जेसीजका महासचिव नरहरी पुरीले कार्यक्रम सञ्चालन गरेका थिए ।

आन्य समाचारहरु:-
September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

September 5, 2023
‘बालेनहरु’लाई तह लगाउन सरकारले थाल्यो कानुन निर्माणको तयारी

काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram