कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
माडीमा छात्राहरुलाई आत्मरक्षा तालिम

चितवन । जिल्ला युवा समिति चितवनको आयोजनामा माडीका किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी तालिम सुरु भएको छ ।
किशोरीहरुमा आत्मबल र आत्मविश्वास बढाउन तथा दुव्र्यवहारजन्य घटना भए प्रतिकार गरी सुरक्षित हुन सिकाउने उद्देश्यले समितिले माडी-९, कृष्णनगरस्थित कृष्णनगर माध्यमिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी दुईदिने तालिम दिन सुरु गरेको हो ।
तालिममा सो विद्यालयमा ८ देखि १० कक्षामा अध्ययनरत ४० जना छात्राहरुको सहभागिता रहेको जिल्ला युवा समिति चितवनका अध्यक्ष रामचन्द्र लम्सालले जानकारी दिनुभयो ।
जीवनमा आइपर्ने कुनै पनि किसिमको चुनौती र खतराको बेला छात्राहरुले आफ्नो रक्षा आफै गर्न सक्षम गराउने उद्देश्यले तालिमको व्यवस्था गरिएको अध्यक्ष लम्सालको भनाइ छ ।
कार्यक्रमको प्रमुख अतिथि रही तालिम समुद्घाटन गर्दै माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले छात्राहरुलाई शारीरिक एवं मानसिक रुपले बलियो बनाउन सो तालिमले महत्वपूणर् भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि रहनुभएका वडाध्यक्ष घनश्याम दवाडीले महिलाहरुलाई कमजोर ठान्ने प्रवृत्तिलाई परिवर्तन गर्न उनीहरु आत्मविश्वासी हुनु अत्यावश्यक रहेको भन्दै सो तालिमले उनीहरुलाई आत्मविश्वासी बनाउँदै आत्मरक्षा गराउन मद्दत गर्ने बताउनुभयो ।
चितवन जिल्लामा एक स्थानमा मात्रै सञ्चालित सो तालिममा प्रशिक्षकहरु सीता श्रेष्ठ र भिमा बस्नेतले छात्राहरुलाई आत्मरक्षाको कलाहरु सिकाउनुभएको छ । कार्यक्रम जिल्ला युवा समिति चितवनका अध्यक्ष रामचन्द्र लम्सालको अध्यक्षतामा सञ्चालन भएको हो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

