Listen Live: 

सेभ सुपरमार्केटको प्रथम वार्षिकोत्सव

Radio Chitwan
बिहिबार, बैशाख २१, २०८०

रत्ननगर । रत्ननगर–१, बकुलहरमा सञ्चालित सेभ सुपरमार्केटले प्रथम वार्षिकोत्सव मनाएको छ ।

कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटाले सेभ सुपरमार्केटले ग्राहकमैत्री वातावरणमा छूटसहितको सेवा प्रदान गरिरहेको बताउँदै ग्राहकको मागबमोजिम अगाडि बढ्न आग्रह गरे । पुरानो ज्योतिहलमा अवस्थित सुपरमार्केटमा सिनेमा हलसहितको सुविधा प्रदान गर्न सकिए ग्राहकको आकर्षण अझै बढ्ने उनको भनाइ थियो ।

प्रथम वार्षिकोत्सवको केक काटेर खुसियाली मनाउँदै सेभ सुपरमार्केटका अध्यक्ष नारायण भट्टराईले सेभ सुपरमार्केटमा कमिकमजोरीहरुलाई सुधार गर्दै पूर्वी चितवनको हब बनाउन आफूहरु लागिपरेको बताउँदै दोस्रो वार्षिकोत्सवमा सिनेमा हलसहितको सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । सिनेमा हलको लागि दीपक भट्टराईको संयोजकत्वमा समितिसमेत गठन गरिएको उनले बताए ।

सञ्चालक सुमन घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा सञ्चालक दीपेन्द्र खतिवडाले कार्यक्रम सञ्चालन गरेका थिए । सो अवसरमा सेभ सुपरमार्केटका कर्मचारी नरेश देवकोटालाई उत्कृष्ट कर्मचारीका रुपमा पाँचहजार नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा सिइओ दिनेश घिमिरेलगायत सञ्चालकहरुको सहभागिता रहेको थियो ।

आन्य समाचारहरु:-
December 9, 2023
टिकौली चौरमा मंसिर २५ गते देखि दोस्रो रत्नप्रिय कप हुँदै

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]

December 8, 2023
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ ...

उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]

December 7, 2023
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने

चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]

December 6, 2023
वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं  :  प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram