Listen Live: 

भरतपुरकी मेयर दाहालले भनिन्: रोजगारीका लागि यस वर्ष दुई हजार जनालाई निःशुल्क तालिम दिन्छौं

Radio Chitwan
बुधबार, बैशाख २०, २०८०

चितवन, वैशाख २०(

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अहिलेको पहिलो आवश्यकता रोजगारी सिर्जना रहेको बताएकी छन् ।

भरतपुर वडा नम्बर १५ ले आयोजना गरेको सिलाइकटाइ तथा ड्राईभिङ ट्रेनिङको समापन कार्यक्रममा प्रमुख दाहालले विकास निर्माणपछि महानगरको प्राथामिकता रोजगारी रहेको उल्लेख गरिन् ।

भरतपुर महानगरपालिकाले जति सक्दो दक्ष जनशक्ति उत्पादन गर्ने गरी नीति लिई महानगर र वडास्तरबाट मागको आधारमा सिपमूलक कार्यक्रम अगाडि बढाइरहेको प्रमुख दाहालले बताइन् ।

वडाबाट दैनिकरुपमा ठूलो संख्यामा विदेश जानका लागि सिफारिस लिन आउने पीडादायी अवस्था रहेकाले यसको अन्त्य गर्न महानगरपालिकाले यस वर्ष दुई हजार जनालाई निःशुल्क तालिम दिन लागेको जानकारी दिइन् ।

मागको आधारमा हुने तालिमको लागि एक हजार २०० जनाको आवेदन परेको र तालिम दिने अन्तिम तयारी भइरहेको उनको भनाइ थियो ।

मेयर दाहालले भरतपुरको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल तथा विभिन्न ठूला अस्पताल निर्माण हुँदा हजारौको संख्यामा रोजगारी सिर्जना हुने बताइन् । ठूला ठूला परियोजना सम्पन्न भएसँगै दक्ष जनशक्ति आवश्यक पर्ने भएकाले अहिलेबाट मागको आधारमा सबैखाले तालिम दिइरहेको प्रमुख दाहालले दाबी गरिन् ।

भरतपुर महानगरपालिका–१५ ले २७ वटा टोल विकास संस्थाबाट तीन जनाको दरले छनोट गरी सिलाइ र ड्राईभिङको तालिम दिइएको थियो भने सिलाइकटाइ मेशिन पनि हस्तान्तरण गरिएको थियो । भरतपुर महानगरपालिका–१५ का अध्यक्ष श्रीकृष्ण देवकोटाले हस्तान्तरण भएको सिलाइ मेशिनमार्फत् थप रोजगारी सिर्जना गर्न प्रशिक्षार्थीलाई आग्रह गरिन् । सिप सिके कुनै पनि ठाउँमा राम्रो आम्दानी लिन सकिने उनको भनाइ थियो ।

आन्य समाचारहरु:-
June 13, 2024
सौराहामा पर्यटन विकासको लागि अन्तर्किया

रत्ननगर । मुलुकको तेस्रो पर्यटकीय नगरी सौराहा चितवनको पर्यटन विकासको लागि विहीबार सर्वपक्षिय अन्तर्किया कार्यक्रम गरिएको छ । रत्ननगर पर्यटन प्रर्वद्धन समितिले तयार गरेको पर्यटन विकास सम्बन्धी कार्ययोजनाको मस्यौदा माथि […]

June 13, 2024
रत्ननगरका तीनवटा वडामा पिठुवा खानेपानीको सचेतना कार्यक्रम

रत्ननगर। रत्ननगरको वडा नं. १५ माधवपुरमा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले रत्ननगरका तीनवटा वडामा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।  संस्थाले आफ्नो सेवाक्षेत्र अन्तर्गतका तीनवटा वडाहरू १४,१५ […]

June 12, 2024
कालिकामा आँखा उपचार केन्द्र स्थापना

कालिका,३०जेठ । कालिका नगरपालिकामा आज(बुधवार)देखि आँखा उपचार केन्द्र संचालनमा आएको छ । कालिकाको वडा नं. ६ को कार्यालय परिसरसँगैको भवनलाई तत्कालका लागि आँखा उपचार केन्द्र बनाइएको छ । उपचार केन्द्रको […]

June 12, 2024
कालिकाका ५५ जना एकल महिलालाई आयआर्जनका लागि बाख्राको पाठी वितरण

कालिका, ३० जेठ । कालिका नगरपालिकाका ५५ जना एकल महिलाहरुलाई आयआर्जनका लागि बाख्राको पाठीवितरण गरिएको छ ।  प्रत्येक वडाका पाँच पाँचजना एकल महिलाहरुलाई प्रजनन् योग्य बाख्राको पाठी वितरण गरिएको हो […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram