Listen Live: 

स्थानीय तह निर्वाचनका लागि चितवनमा २७ दल दर्ता

Radio Chitwan
बुधबार, चैत्र ९, २०७८

चितवन, ९ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा २७ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार छ ठूला दलबाहेक २७ वटा साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् ।

कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिनका लागि समय दिएको थियो । आयोगले तोकेको समयमा जिल्लामा रहेका २७ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् ।
कार्कीका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी जसपाले जिल्लामा विवण बुझाउनु नपर्ने भएकाले २७ दलले चिह्नका लागि विवरण बुझाएका हुन् । उनीहरुको विवरण निर्वाचन आयोगमा पठाइएको उनले बताए ।स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्र थप गर्न आयोगमा आग्रह गरेको छ । उनका अनुसार विसं २०७४ मा भएको स्थानीय निर्वाचनका क्रममा जिल्लामा १६१ मतदानस्थल र ३७६ मतदान केन्द्र रहेका थिए । अहिले मतदान केन्द्र थप गरी ४६१ पुर्‍याउन लागिएको उनले बताए । जसअनुसार भरतपुर महानगरपालिकामा २०५, रत्ननगर नगरपालिकामा ६१, खैरहनी नगरपालिकामा ५७, कालिका नगरपालिकामा ३७, राप्ती नगरपालिकामा ४७, माडी नगरपालिकामा ३२ र इच्छाकामना गाउँपालिकामा २२ मतदान केन्द्र बनाउन कार्यालयले आयोगमा सिफारिस गरेको छ ।

निर्वाचनमा जिल्लामा तीन लाख ९८ हजार ७७१ मतदाता रहेका छन् । अझै केही थपघट हुनसक्ने कार्कीले बताए । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लामा तीन लाख १३ हजार तीन मतदाता थिए । गत स्थानीय तहको निर्वाचनमा भन्दा अहिले मतदाताको सङ्ख्या बढेकाले मतदान केन्द्र थप गर्न लागिएको हो ।
निर्वाचनको तयारीस्वरुप कार्यालयले चैत १५ गते जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसँगै निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको छ । सदरमुकाममा प्रमुख निर्वाचन अधिकृतको कार्यालय रहने छ भने अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालय रहने उनले बताए । निर्वाचनका लागि कार्यालयले कर्मचारी माग गर्ने क्रमसमेत सुरु गरेको छ । एउटा मतदान केन्द्रमा सातदेखि आठ जनाको दरले कर्मचारी परिचालन गरिने छ । रासस

आन्य समाचारहरु:-
December 20, 2024
एमाले कालिका नगर कमिटीकाे दाेस्राे नगर अधिवेशन सुरु, नयाँ कमिटी गठन हुने

कालिका । नेकपा एमाले कालिका नगर कमिटीकाे दाेस्राे नगर अधिवेशन खाेलेसिमलमा सुरु भएकाे छ । अधिवेशनकाे पार्टीका पाेलिटब्यूराे सदस्य तथा जिल्ला इन्चार्ज देवीप्रसाद ज्ञावलीले उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन […]

July 29, 2024
भरतपुर महानगरमा एमालेको वडा अधिवेशन भदौ १५ भित्र सक्ने निर्णय

चितवन । नेकपा (एमाले) भरतपुर महानगरका वडा अधिवेशन भदौ १५ भित्र सक्ने निर्णय भएको छ । एमाले पार्टी कार्यालय चितवनमा सम्पन्न नेकपा (एमाले) भरतपुर महानगर कमिटीको विस्तारित बैठकले सो निर्णय […]

July 4, 2024
रास्वपा महामन्त्री ढकाल निलम्बित, कार्यवाहक जिम्मेवारी बुर्लाकोटीलाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गर्दै कार्यवाहक महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई […]

June 24, 2024
रविको मुद्दामा अड्किएको प्रचण्ड सरकारको आयु

काठमाडौं- नेपाली कांग्रेससँगको चुनावी गठबन्धन तोडेर नेकपा एमालेसँग मिल्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत चैत ४ गते तेस्रो पटक संसदबाट विश्वासको मत लिएका थिए । सांसदबाट तेस्रो पटक विश्वासको मत […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram