Listen Live: 

‘कांग्रेस र जनताबीच सम्वादहीनको अवस्था’

Radio Chitwan
बुधबार, बैशाख २०, २०८०

भरतपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले नेपाली कांंग्रेस इतिहास भएको पार्टी भएकोले धेरै परिवर्तनकारी कार्य गरेको बताएका छन् ।

भरतपुर महानगरपालिकाका पूर्वउपप्रमुख एवं नेपाल महिला संघ चितवनकी अध्यक्ष पार्वती शाह ठकुरीका बुबा कृष्णबहादुर ठकुरीको निधन भएको १३ औँ दिनको पुण्यतिथिका सन्र्दभमा आयोजित शोकसभामा मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

गणतन्त्र ल्याउन कांग्रेसमा आफ्ना रहर भुलेर जेननेल खाएका मान्छेको काम छैन भन्ने प्रवृत्ति बढिरहेको भन्दै उनले यसलाई चिर्न कांग्रेसीजन लाग्न समेत आग्रह गरे । नेपाली कांग्रेस र जनताका बीच संवादहीनताको अवस्था आएकोले पछिल्लो समय यस्ता प्रवृति हाबी भएको उनको भनाइ छ ।

यस्तै नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जनताले नेपाली कांग्रेसको विकल्प नखोजेको तर कांग्रेसका नेता, कार्यकर्ताहरुको व्यवहार र कार्यशैलीमा परिवर्तन खोजेको बताए ।

नेपाली कांग्रेस भरतपुर–१८ को आयोजनामा भएको शोकसभामा कांंग्रेस चितवनका, पूर्वपार्टी सभापति तोपमानसिंह गुरूङ, महासमिति सदस्य दीर्घमान श्रेष्ठ, पार्टी जिल्ला सचिव धुव्र पोखरेल, कांग्रेस–३ का क्षेत्रीय सभापति लालबहादुर दवाडी, नेविसंघ चितवनका निवर्तमान अध्यक्ष सूर्य ढकाललगायतका नेताहरुले बोलेका थिए ।

नेपाली कांग्रेस भरतपुर–१२ का क्रियाशील सदस्यसमेत रहेका ठकुरीको नेपालको प्रजातन्त्रिक आन्दोलनमा समेत उल्खेनीय भूमिका रहेको सो अवसरमा बोल्ने वक्ताहरुले बताएका थिए ।

निवर्तमान उपप्रमुख पार्वती शाह ठकुरीले आफ्नो राजनीतिक प्रेरणाको स्रोेत समेत बुबा रहेको बताउँदै श्रद्धाञ्जली दिने सबैप्रति आभार प्रकट गरेकी थिइन् ।

आन्य समाचारहरु:-
December 9, 2023
टिकौली चौरमा मंसिर २५ गते देखि दोस्रो रत्नप्रिय कप हुँदै

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]

December 8, 2023
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ ...

उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]

December 7, 2023
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने

चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]

December 6, 2023
वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं  :  प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram