Listen Live: 

पृथ्वीराजमार्गको गणेश खोला पुलमा ठूला ठूला भ्वाङ परेपछि सवारी आवागमन दुई तर्फि ठप्प

Radio Chitwan
बुधबार, बैशाख २०, २०८०

धादिङ । देशका ६८ जिल्लालाई राजधानी संग जोड्ने पृथ्वीराजमार्गको गणेश खोला पुलमा ठूला ठूला भ्वाङ परेपछि सवारी आवागमन दुई तर्फि ठप्प हुन पुगेको छ । मंगलबार विहान १८ घण्टा पछि सञ्चालनमा आएको गणेश खोलाको पक्की पुल निर्माण कार्य भईरहेको अबस्थामा पुन भ्वाङ परेको हो । पुलमा भ्वाङ परेपछि  बुधवार बिहान पौने १२ बजेतिरबाट पृथ्वीराजमार्गमा दुई तर्फि आवागमन रोकिन पुगेको छ ।

पुलमा प्वाल परेपछि पृथ्वीराजमार्गमा दुई तर्फ सवारी आागमन रोकिन पुगेको छ । धादिङको धुनीवेशी नगरपालिका–६ धार्के र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने पुल निर्माण कार्य भईरहेको स्थानमा भासिएर आवागमनमा समस्या भएको हो । मंगलबार विहान पनि १८ घण्टा सम्म दा राजमार्ग दुवैतर्फ ठप्प बनेको थियो । भासिएको भागमा ग्यावियन जाली लगाएर उकास्ने र भ्वाङ परेको भाग पुर्ने कार्य पश्चात राजमार्गमा यातायात सञ्चालनमा ल्याईएको थियो ।

पुन पुलमा भ्वाङ परेर दोहोरो आवागमन रोकिएपछि पृथ्वीराजमार्गमा सवारी चाप पर्ने हुने भएको छ  । पृथ्वी राजमार्ग भएर देशका ६८ जिल्लाबाट दैनिक हजारौँ यात्रु राजधानी आउने र राजधानीबाट वाहिरिने गर्दछन् । सडकमा पटक पटक समस्या आउन थालेकाले  बैकल्पिक मार्ग प्रयो गर्न प्रहरीले सर्वसाधरणलाई आग्रह गरेको छ । त्रिभुवन राजपथ, गल्छी केवलपुर लामिडाँडा सडक, गल्छी हुंद नुवाकोट सडकलाई बैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सके सडकमा अलपत्र परेर बस्नु नपर्ने प्रहरीको अनुरोध छ ।

आन्य समाचारहरु:-
November 27, 2023
तरकारीले बजार नपाउँदा किसान चिन्तित

कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

November 18, 2023
चितवन निकुञ्जमा गैँडा मारेको घटना छानविन गर्न समिति गठन

चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]

November 18, 2023
महिला टी–२० सिरिज: नेपालद्वारा जापान पराजित

हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram