कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
अन्नपुर्ण भिजन २०८५ तयार, ७ बुदें घोषण पत्र जारी

चितवन । नेपालकै उत्कृष्ट्र अन्नपूर्ण दूग्ध उत्पादक सहकारी संस्थाले आगामि ५ वर्षका लागि कार्य योजना तयार गरेको छ। भरतपुर महानगरपालिका वडा नम्बर ६, केशरवाघमा रहेको अन्नपूर्ण दूग्ध उत्पादक सहकारी संस्थाकोे विस्तारित मंचका प्रतिनिधिहरुले ३ दिने कार्यशाला मार्फत ‘अन्नपुर्ण भिजन २०८५’ तयार पारेका हुन् ।
विभिन्न ११ वटा शेसनको छलफलबाट संस्थाले ७ बुदे घोषणा पत्र पनि तयार गरेको छ। संस्थासंग सम्बिन्धित विभिन्न विषयका १० वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए । भने २० जनाले टिप्पणी गरेका थिए।
बैशाख १६ देखि १८ गते सम्म संचालित कार्यशालालाई संस्था संचालन निति, कार्यबिधि तथा पञ्चबर्षीय रणनैतिक योजना निर्माणमा प्राथमिकता दिईएको संस्थाका अध्यक्ष ऋषिराम चापागाईंले जानकारी दिनुभयो । कार्यशालामा विज्ञ सल्लाहकार रमेश अधिकारी एव भरतपुर महानगरपालिका सहकारी बिज्ञ रामबाबु पौडेल , सस्थाका पुर्व अध्यक्षहरु भिमलाल चापागाईं, भगिरथ तिमिल्सिना पुर्व उपाध्यक्ष बोधराज पाठक, लिला बहादुर भण्डारी , छबिलाल अधिकारीको सहभागिता थियो । साथमा संचालक समिति, लेखा सुपरिवेक्षण समिति, पुर्व समिति, पूुर्व ब्याबस्थापकहरुसंगै सहभागी शेयर सदस्यहरु, किसानले पनि आफ्ना सुझावहरु दिनुभएको थियो ।
साढे आठ हजार सम्म दूध संकलन गरेर बजारिकरण गर्दै आएको सहकारीले आफ्नो लक्ष्यमा १५ हजारसम्म दूध संकलनको गर्ने र पशुफार्मको विस्तार राखेको व्यवस्थापक करुण पोखरेलले बताउनु भयो ।
पुर्व संघीय सभासद हरि अधिकारी कुमार, गण्डकी प्रदेशका सासंद एवम् पुर्व आर्थिक तथा आन्तरिक मामला मन्त्री हरि बहादुर चुमन, गण्डकी प्रदेशका उच्चस्तका नेता जगन्नाथ खनाल, मेख बहादुर भन्डारीले समेत कार्यक्रममा उपस्थित हुनुभएको थियो ।
अन्नपूर्णले अहिले दूधलाई विविधिकरणसंगै, पशुदाना उद्योग, पशुआहार साईलेज, पशुफार्म पनि संचालनमा ल्याएको छ। यसरी योजना बनाएर अघि बढ्दा संस्थाले आफ्नो लक्ष्य हाँसिल गर्न सक्ने र संस्थालाई थप उचाईंमा पुराउन सकिने अध्यक्ष चापागाईंको विश्वास छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

