कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
चितवनकी नर्स अनुमा मृत्यु प्रकरणः प्रेमी भनिएका डा. ढकाल पक्राउ

चितवन, वैशाख १९(
प्रहरीले नर्स मृत्यु प्रकरणमा प्रेमी भनिएका डा। सुजन ढकाललाई पक्राउ गरेको छ ।
चितवन स्थायी ठेगना भई काठमाडौँमा काम गर्दै आएकी नर्स अनुमा श्रेष्ठले ढकालको घर बोहराटारमा आत्महत्या गरेकी थिइन् । श्रेष्ठका परिवार काठमाडौँ गएर डा। ढकालविरूद्ध आत्महत्या दुरूत्साहनमा निवेदन दिएका थिए।
डा। ढकाललाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । गत शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १६ बोहराटारस्थित ढकालको घरमा २९ वर्षीया श्रेष्ठ मृत फेला परेको थिइन् । उनी डाक्टर सुजनसँग प्रेम सम्बन्धमा रहेको र विवाह गर्न नमानेकाले उनकै घरमा गएर आत्महत्या परिवारको आरोप थियो । अनुमाको परिवारले डाक्टर सुजनविरूद्ध आत्महत्या दुरूत्सानका जाहेरी दिएका थिए।
भरतपुर महानगरपालिका–१ नारायणगढ घर भएकी २९ वर्षकी अनुमा श्रेष्ठ काठमाडौँ वीर अस्पतालको ग्यास्ट्रो मेडिसिन वार्डको नर्सिङ इन्चार्ज हुन् ।
अनुमाको प्रेमी भनिएका सुजन कान्ति बाल अस्पतालका डाक्टर हुन् । आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेको थियो । लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न नमानेको भन्दै उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ ।
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]
हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]