काठमाडौं, कात्तिक २- लोकसेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । आज एक सूचना जारी गर्दै राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक–प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको […]
आठ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ११ खर्ब ६० अर्ब नाघ्यो

काठमाडौं, ७ चैत । चालु आर्थिक वर्ष २०७८ र ७९ को सुरुवाती आठ महिनामा नेपालको कूल वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख २२ हजार रुपैयाँ पुगेको छ ।
भन्सार विभागका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालको कूल वैदेशिक व्यापार ४२.१३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७ र ७८ को पहिलो आठ महिनामा नेपालको कूल वैदेशिक व्यापार १० खर्ब २४ अर्ब ७६ करोड ७१ लाख १२ हजार रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले विभिन्न देशबाट १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपैयाँको वस्तु आयात गरेको छ । सोही अवधिमा नेपालले विभिन्न देशमा १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म नेपालको आयात ३८.६४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालले विभिन्न देशबाट ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजार रुपैयाँको वस्तु आयात गरेको थियो ।
यस वर्षको सुरुका आठ महिनामा नेपालको निर्यात व्यापार ८२.९० प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७ र ७८ को सोही अवधिमा नेपालले विभिन्न देशमा ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।
रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं २ टाँडीमा रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाको शनिबार ११औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन […]
कालिका नगरपालिका मा रहेको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड मा आवध्व सदस्य कालिका ५ स्थित बाेटेगाउ वस्ने बाटुलि वाेट काे श्रीमान सानेवाेट काे बाख्रालाई घाँस काट्ने क्रम मा रूखवाट खसी […]
छिमेक लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय कालीकाद्धारा समुह सदस्य भिम कुमारि सुनुवार र कालिका ५ बस्ने स्यानि देबि थरूनि काे श्रिमान छन्द कुमार चाैधरि काे दुखद निधन भएकोले विमा […]