Listen Live: 

भरतपुरमा वैशाख २२ गते शुक्रबारबाट सुरु हुने सातौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा

Radio Chitwan
मङ्लबार, बैशाख १९, २०८०

चितवन, वैशाख १९(

भरतपुरमा वैशाख २२ गते शुक्रबारबाट सुरु हुने सातौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ ।

चितवन उद्योग संघले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा तीन दिनसम्म चल्ने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जनाइएको हो ।

उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले चितवनका उद्योगीहरुको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको आयोजना, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवद्र्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रालि र फुतुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारीमा हुन लागेको छ । ‘दिगो आर्थिक विकासका लागि वृहत् अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी’ भन्ने अभियानसहित सुरु हुने प्रदर्शनीमा १५० भन्दा बढी स्टलहरु रहेनछन् । जसमा औद्योगिक मेशिनरी, प्रविधिसहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ, प्याकेजिङ, प्लास्टिक, फुड एण्ड बेभरेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादनको प्रदर्शनी रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अवलोकर्ताहरुलाई निःशुल्क प्रवेशको व्यवस्था हुने यस प्रदर्शनीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनीको अवसरमा उद्योग मन्त्रालयबाट ‘वर्तमान औद्योगिक परिदृश्य, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसर’ का विषयमा र नेपाल उद्योग परिसंघको तर्फबाट ‘मेक इन नेपाल स्वदेशी अभियान’ का विषयमा गोष्ठी तथा सेमिनार आयोजना गरिने उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रदर्शनीमा देशका विभिन्न जिल्लाका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नवउद्यमीहरु विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरु औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने व्यक्तिहरु, व्यवसायिक उत्पादकहरु, नेपाली उद्योगका सञ्चालकहरु, लगानीकर्ताहरु तथा उच्च व्यवस्थापकहरु, उद्यमीका व्यवसायिक परामर्शदाताहरु, वित्तिय सेवा प्रदायकहरु, अनुसन्धानकर्ता, विद्यार्थी, संघसंस्थाका प्रतिनिधिहरु, तीनै तहका सरकारका नीति निर्माताहरु, उच्च पदस्थ अधिकारीहरु,उद्योगीका छाता संस्थाका प्रतिनिधिलगायत अवलोकनकर्ताको रुपमा रहने छन् ।

प्रर्दशनीमा नेपाली उद्यमीहरुलाई नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशिलतामा प्रोत्साहन गर्ने्नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त माध्यमको रुपमा रहने र उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गरिने छ । नविनतम प्रविधि हस्तान्तरणको वातावरण सृजना गर्ने महत्वपूर्ण अवसरको रुपमा रहने यस अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा स्वदेशी एवम् विदेशी उद्योगीहरूका बीच प्रत्यक्ष भेटघाट तथा छलफल हुन गई ब्राण्डिङ, लेबलिङ र प्याकेजिङ, प्रक्रियाका सम्बन्धमा अनुभव आदानप्रदान मार्फत् ज्ञान अभिवृद्धि गर्न तथा सुमधुर व्यवसायिक सम्बन्ध स्थापित गरी स्वदेशी औद्योगिक उत्पादनको अन्तराष्ट्रिय बजारीकरणमा पहुँच पु¥याउन महत्वपूर्ण अवसर प्राप्त हुने आयोजकको दाबी छ ।

प्रदर्शनी अवधिमा चितवन तथा नवलपुर क्षेत्रका होटल, पर्यटन तथा यातायात व्यवसाय पूर्णरुपमा चलायमान हुन गइ आर्थिक कारोबार समेत बढ्न जाने हुँदा वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई गतिशिल बनाउन समेत सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ । सातवटै प्रदेशको पहिचान झल्कने गरी औद्योगिक उत्पादनको स्टल राखिने यस प्रर्दशनीलाई सफल बनाउनका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र ,बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ,घरेलु तथा साना उद्योग महासंघ, , चितवन तथा छिमेकी जिल्लाका स्थानीय पालिकालगायत उद्योगीका विभिन्न छाता संस्थाहरुको सहयोगीे भूमिका रहने जनाइएको छ ।

आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र औद्योगिक अनुभव तथा ज्ञान आदानप्रदान मार्फत् उद्यमशिलताको विकासमा सहयोगी हुने अवसरका रुपमा लिइएको यस प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगहरुलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना साना औजार, मेशिनदेखि ठूला उद्योगमा प्रयोग हुने अत्याधुनिक यन्त्र उपकरणहरुबाट लाइभ प्रोडक्सन समेत गरिने भएकोले नेपालको औद्योगिक विकासमा सहयोग पु¥याउन यस प्रदर्शनी कोशे ढुंगा साबित हुने आशा गरिएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram