Listen Live: 

भरतपुरमा धमाधम विद्युतीय तार भूमिगत, इन्टरनेटको तार व्यवस्थापनमा देखिएन चासो

Radio Chitwan
सोमवार, बैशाख १८, २०८०

भरतपुर । घरअगाडिका बिजुलीका सेता पोल काला भइसके । लाग्छ, ती सेता बिजुलीको पोल कालो घुम्टोभित्र लुकिरहेका छन् । गुजुमुज्ज बिजुलीका काला तारले पोल ढाकिँदा कालो घुम्टोभित्र लुकेजस्तो देखिन्छ ।

जसरी दिनानुदिन कङ्क्रिटका घरहरु थपिएका थपियै छन् त्यसरी नै सेतो बिजुलीको पोलमा काला तारहरु पनि थपिएका थपियै छन् । जसका कारण सहरको सुन्दरतामा ह्रासमात्रै आएको छैन, ती तारहरुमा बेला–बेलामा आगलागी भएर नजिकका घरहरु समेत उच्च जोखिममा परिरहेका छन् ।

घरअगाडि धनीहरुले फूल रोपेर सुन्दरता बढाइरहँदा बिजुलीको पोलमा बेरिएका तारहरुले सुन्दरता घटाइरहेका छन् । जति इन्टरनेट प्रवाह गर्ने संस्थाहरु थपिएका छन् त्यति नै सेता पोलमा काला घुम्टोहरु थपिरहेका छन् । त्यसमाथि बिजुलीका तार, टेलिफोनका तारहरु थपिँदा सेतो पोलको सेतो रंग नै छोपिइसकेको छ ।

सहरी क्षेत्रका पोलमा तारैतार जेलिँदा सोही पोलमुनि रोपिएको फूलले कुनै सुन्दरता दिन सकिरहेको छैन । छरपस्टरुपमा पोलमा बाँधिएका तारको जालोले सुन्दरता मात्र घटाएको छैन, दुर्घटनासमेत बढाएको छ । बेला–बेला बिजुलीका तारहरुमा लाग्ने आगलागीले नजिकको घर सुरक्षित नहुन सक्छ । बिजुलीको पोलमा जेलिएका तारमा बस्ने विषालु सर्पका कारण पनि अकालमा कसैको ज्यान जान सक्छ ।

भरतपुर महानगरपालिकाले पोलमा जेलिएका काला तारहरु अब धेरै समय नरहने जनाएको छ । भरतपुरको मुख्य बजारमा विद्युतीय तारलाई भूमिगत पार्ने काम भइरहेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले बिजुलीको तार भूमिगतसँगै इन्टरनेटका तारहरु पनि बिस्तारै भूमिगत हुँदै जाने बताइन् ।

उनले भनिन्, ‘यस आर्थिक वर्षभित्रमा भरतपुरको मुख्य बजार क्षेत्रमा बिजुलीको तार भूमिगत भइसक्छन्, त्यसपछि टेलिफोनदेखि इन्टननेटका तारहरु पनि भूमिगत हुनेछन् । अहिले पोलमा जेलिएको तारले सुन्दरता घटाएको छ, सहरको सुन्दरता राख्न पनि इन्टनेटका तारहरु पनि भूमिगत गरिनेछ ।’

भरतपुरको गोन्द्राङदेखि पुलचोक, केन्द्रीय बसपार्कदेखि आँपटारीसम्मको सडकमा विद्युत् लाइन भूमिगत पारिनेछ ।

नेपाल विद्युत् प्राधिकरण पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले विद्युत् लाइन भूमिगत पार्ने काम गरिरहेको छ । आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार विद्युत् लाइन भूमिगत भएपछि इन्टरनेट सेवाप्रदायकका तारहरु पनि भूमिगत हुनेछन् । प्रमुख सुवेदीले भने, ‘जुन ठाउँबाट विद्युतीय लाइन भूमिगत हुन्छ त्यही ठाउँमा इन्टरनेटका संस्थाहरुले पनि सेवा भूमिगतरुपमा छोड्न सक्छन् । इन्टरनेटका लागि भूमिगत गर्ने ठाउँ बनाइएको छ, अप्टिकलमार्फत उनीहरुले भूमिगतरुपमा सेवा प्रवाह गर्छन् ।’

विद्युतीय तार नै भूमिगत भएपछि सडकमा बिजुलीको पोल नै रहँदैनन्, अनि बाध्य भएर इन्टरनेट बिजुलीको भूमिगत लाइनसँगै जोडिनुपर्ने प्रमुख सुवेदी बताउँछन् । उनी भन्छन्, ‘अप्टिकलबाट प्रसारण छोड्ने भएपछि जति पनि इन्टरनेट, टेलिफोनले भूमिगतबाट सेवा दिन सक्नेछन् ।’

बिजुलीको पोल नै हटेपछि, सबै तारहरु भूमिगत हुने भएपछि सहरको सुन्दरता बढ्ने प्रमुख सुवेदी बताउँछन् । उनका अनुसार विद्युत् लाइन भूमिगत गर्ने काम पोखरा र चितवनको भरतपुरमा तीव्ररुपमा भइरहेको छ । एक अर्ब तीस करोडको लागतमा बिजुलीको लाइन भूमिगत गर्ने काम भइरहेको प्रमुख सुवेदीले बताए । उनले भने, ‘जति तारको जालोले सहरको सुन्दरता घटाएको छ, तार भूमिगत भएपछि सहरको सुुन्दरता बढेर जान्छ ।’

आयोजनाका अनुसार पुलचोकदेखि गोन्द्राङ र केन्द्रीय बसपार्कदेखि आँपटारी र आँपटारीदेखि पुलचोकसम्मको सडकको विद्युत् लाइन भूमिगतपछि नेटका तारहरु पनि भूमिगत हुनेछन् । हालसम्म ५ किमी सडकमा विद्युत् लाइन भूमिगत गर्ने काम भइसकेको छ ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख रामु श्रेष्ठले बिजुलीका पोलका तारहरु हटेर भूमिगत भए पनि सहरको सुन्दरता थपिने बताए । उनले भने, ‘अहिले धमाधम विद्युत् लाइन भूमिगत गर्ने काम भइरहेको छ, फिल्डको काम करिब २५ प्रतिशत सकिएको छ, सबै डिजाइनको काम सकिएको छ ।’ भूमिगत विद्युतीय प्रणालीले सुरक्षित, भरपर्दो हुने र यसले सहरी सौन्दर्यता कायम राख्ने उनले बताए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram