Listen Live: 

कान्दामा स्थानीय सरकार प्रवेश : बाटो बनाउने प्रतिबद्धता जनाएर फर्किए जनप्रतिनिधि

Radio Chitwan
सोमवार, बैशाख १८, २०८०

राप्ती । राप्ती नगरपालिकाको सबैभन्दा विकट मानिने कान्दाको विकासका लागि स्थानीय सरकारले चासो देखाएको छ । त्यहाँको वस्तुगत स्थितिबारे जानकार भए पनि स्थलगतरुपमा अवस्था बुझ्न नगरप्रमुख शमशेर लामा, उपप्रमुख देवेन्द्र लामा, स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपाने, पत्रकारसहितको टोली कान्दा पुगेको हो । अवस्था बुझ्न उनीहरु त्यहाँ खाली हात गएनन्, केही कोसेली बोकेर पुगेका थिए ।
कान्दामा अहिलेसम्म स्थानीय सरकारबाट कुनै सेवासुविधा तथा योजना पुग्न सकेको छैन । त्यसैले पनि नगरप्रमुख र उपप्रमुख खाद्यान्न, तरकारीका बीउ वितरण, नेपाल टेलिकमको फोर जी सेवाका लागि आवश्यक डिभाइस सहित एकीकृत स्वास्थ्य शिविर आयोजनाका साथ पुगेका थिए ।
कान्देश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि एक लाखबराबरको ६१ बोरा चामल, इन्टरनेटका लागि राउटर, दलहन बालीका लागि बीउ प्रदान गरियो भने एकीकृत स्वास्थ्य शिविरसमेत आयोजना गरिएको छ । गैरसरकारी संस्थाले स्वास्थ्य शिविर आयोजना गरे पनि सरकारतर्फबाट भने यो पहिलो शिविर हो । कान्देश्वरी विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि लक्ष्मी प्रतिष्ठानले छात्रावास निर्माण गरेर आवासीय सुविधा प्रदान गरेको छ ।
कान्दा नगरकै विकट ठाउँ भएकाले विकासका लागि गर्न सकिने कामका बारे अध्ययन गर्न आफूहरु त्यहाँ पुगेको नगरप्रमुख शमशेर लामाले बताए । ‘निर्वाचित भएको पहिलो वर्षमै कान्दा पुग्न सक्यौँ’, नगरप्रमुख लामाले भने, ‘बाटो, बिजुली पुग्न नसक्दा कष्टकर जीवन भोग्नु परेको अवस्था पायौँ, अब स्थानीय सरकारले यस ठाउँको विकासमा ध्यान दिनेछ ।’
कान्दामा बिजुलीको साटो सोलार प्रयोग गरिएको छ । त्यहाँ पुग्न करिब ४ घन्टा पैदलयात्रा गर्नुपर्छ । भण्डाराबाट करिब २ घन्टाको गाडीको यात्रापछि कालिटारसम्म पुग्न सकिन्छ । त्यहाँबाट पैदल हिँडेर पहाड छिचोल्दै कान्दा पुग्नुपर्छ ।
खाद्यान्नका लागि चार–पाँच घन्टा हिँड्न पर्नु विडम्बना रहेको भन्दै नगरप्रमुख लामाले त्यसको अन्त्यका लागि आफूहरु गम्भीर भएर लाग्ने बताए । ‘यहाँ बाटो ल्याउन हामीलाई जिम्मेवारी आएको महसुस गरेका छौँ’, नगरप्रमुख लामाले भने, ‘सके यो वर्षै, नभए अर्को बजेटमार्फत यहाँ योजना पारेर काम सुरू हुनेछ । विषालु च्याउ खाएर एकै घरका ८ जनाको निधन भएपछि कान्दाको वास्तविक समस्या बाहिर आएको थियो । त्यसबेलादेखि मितेरी फाउन्डेसन र लक्ष्मी प्रतिष्ठानले स्थानीय लाभान्वित हुने गरी काम गर्दै आएका छन् ।
यो क्षेत्रमा बाटो र शिक्षालाई बढी प्राथमिकता दिनुपर्ने देखिएको राप्ती नगरपालिका उपप्रमुख देवेन्द्र लामाले बताए । ‘यो ठाउँको विकासमा के–के गर्नुपर्ने भन्ने विषय पैदलयात्राकै क्रममा पायौँ’, उपप्रमुख लामाले भने, ‘स्थानीयले भोग्नु परेको समस्यालाई पूरा गर्ने सङ्कल्प गरेका छौँ, केही समय धैर्य गरेर बस्नुस् ।’
राज्यले गर्नुपर्ने काम गैरसरकारी संस्थाले गरेकामा धन्यवाद दिँदै उपप्रमुख लामाले अब स्थानीय सरकारले जिम्मेवारी लिएर शिक्षालगायत अन्य क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाए । शिक्षाको सुधारका लागि नगरपालिकाले काम सुरू गरिसकेको भन्दै गुणस्तरीय शिक्षा र सबैमा शिक्षाको सहज पहुँच पुर्‍याउने उनले बताए ।
बिजुली चाहिँदैन, बाटो र शिक्षा देऊ
कान्दाका स्थानीयले बाटो र शिक्षालाई प्राथमिकता दिएर काम गर्न स्थानीय सरकारको ध्यानाकर्षण गराए । उनीहरुले बरू बिजुली नचाहिने तर बाटो र शिक्षालाई सहज पहुँचमा पुर्‍याउन आग्रह गरे । कान्दामा नगरप्रमुख र उपप्रमुखले स्थानीयसँग गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले तत्काल बाटो विस्तार गर्नुपर्ने बताएका हुन् ।
स्थानीय सीताबहादुर प्रजाले बाटोको असुविधाले यहाँका जनताले सास्ती खेप्नु परेको बताए । ‘बाटो नहुँदा यहाँका जनताले भोग्नु परेको पीडा भोग्नेलाई मात्र थाहा छ’, प्रजाले भने, ‘बाटोलाई प्राथमिकता दिन सरकारलाई आग्रह गर्दछु ।’
कान्देश्वरी आधारभूत विद्यालयको व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका कृष्ण प्रजाले बिजुली नचाहिने भन्दै कान्दालाई बाटोले छुनुपर्ने नगरप्रमुख, उपप्रमुखसमक्ष आवाज उठाए । ‘कुनै काम लिएर तल झर्दा रात बिताउनुपर्छ, खर्च धेरै हुन्छ, खर्च व्यवस्थापन गर्न सकिँदैन’, प्रजाले भने, बाटो भए बिहान गएर बेलुका फर्कन सकिने थियो, यसमा सरकार गम्भीर बनोस् ।’
अर्का स्थानीय श्रीप्रसाद प्रजाले ट्रयाकमात्रै खोलिदिए पनि राहत मिल्ने गुनासो गरे । ‘यहाँ तरकारी उत्पादन राम्रो हुन्छ, बजार पु¥याउन समस्या छ’, श्रीप्रसादले भने, ‘बाटो नहुँदा उत्पादित तरकारी यसै खेर गइरहेको छ, बाटो बने हाम्रो आयआर्जनमा मद्दत पुग्नेथियो ।’

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram