Listen Live: 

कान्दामा स्थानीय सरकार प्रवेश : बाटो बनाउने प्रतिबद्धता जनाएर फर्किए जनप्रतिनिधि

Radio Chitwan
सोमवार, बैशाख १८, २०८०

राप्ती । राप्ती नगरपालिकाको सबैभन्दा विकट मानिने कान्दाको विकासका लागि स्थानीय सरकारले चासो देखाएको छ । त्यहाँको वस्तुगत स्थितिबारे जानकार भए पनि स्थलगतरुपमा अवस्था बुझ्न नगरप्रमुख शमशेर लामा, उपप्रमुख देवेन्द्र लामा, स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपाने, पत्रकारसहितको टोली कान्दा पुगेको हो । अवस्था बुझ्न उनीहरु त्यहाँ खाली हात गएनन्, केही कोसेली बोकेर पुगेका थिए ।
कान्दामा अहिलेसम्म स्थानीय सरकारबाट कुनै सेवासुविधा तथा योजना पुग्न सकेको छैन । त्यसैले पनि नगरप्रमुख र उपप्रमुख खाद्यान्न, तरकारीका बीउ वितरण, नेपाल टेलिकमको फोर जी सेवाका लागि आवश्यक डिभाइस सहित एकीकृत स्वास्थ्य शिविर आयोजनाका साथ पुगेका थिए ।
कान्देश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि एक लाखबराबरको ६१ बोरा चामल, इन्टरनेटका लागि राउटर, दलहन बालीका लागि बीउ प्रदान गरियो भने एकीकृत स्वास्थ्य शिविरसमेत आयोजना गरिएको छ । गैरसरकारी संस्थाले स्वास्थ्य शिविर आयोजना गरे पनि सरकारतर्फबाट भने यो पहिलो शिविर हो । कान्देश्वरी विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि लक्ष्मी प्रतिष्ठानले छात्रावास निर्माण गरेर आवासीय सुविधा प्रदान गरेको छ ।
कान्दा नगरकै विकट ठाउँ भएकाले विकासका लागि गर्न सकिने कामका बारे अध्ययन गर्न आफूहरु त्यहाँ पुगेको नगरप्रमुख शमशेर लामाले बताए । ‘निर्वाचित भएको पहिलो वर्षमै कान्दा पुग्न सक्यौँ’, नगरप्रमुख लामाले भने, ‘बाटो, बिजुली पुग्न नसक्दा कष्टकर जीवन भोग्नु परेको अवस्था पायौँ, अब स्थानीय सरकारले यस ठाउँको विकासमा ध्यान दिनेछ ।’
कान्दामा बिजुलीको साटो सोलार प्रयोग गरिएको छ । त्यहाँ पुग्न करिब ४ घन्टा पैदलयात्रा गर्नुपर्छ । भण्डाराबाट करिब २ घन्टाको गाडीको यात्रापछि कालिटारसम्म पुग्न सकिन्छ । त्यहाँबाट पैदल हिँडेर पहाड छिचोल्दै कान्दा पुग्नुपर्छ ।
खाद्यान्नका लागि चार–पाँच घन्टा हिँड्न पर्नु विडम्बना रहेको भन्दै नगरप्रमुख लामाले त्यसको अन्त्यका लागि आफूहरु गम्भीर भएर लाग्ने बताए । ‘यहाँ बाटो ल्याउन हामीलाई जिम्मेवारी आएको महसुस गरेका छौँ’, नगरप्रमुख लामाले भने, ‘सके यो वर्षै, नभए अर्को बजेटमार्फत यहाँ योजना पारेर काम सुरू हुनेछ । विषालु च्याउ खाएर एकै घरका ८ जनाको निधन भएपछि कान्दाको वास्तविक समस्या बाहिर आएको थियो । त्यसबेलादेखि मितेरी फाउन्डेसन र लक्ष्मी प्रतिष्ठानले स्थानीय लाभान्वित हुने गरी काम गर्दै आएका छन् ।
यो क्षेत्रमा बाटो र शिक्षालाई बढी प्राथमिकता दिनुपर्ने देखिएको राप्ती नगरपालिका उपप्रमुख देवेन्द्र लामाले बताए । ‘यो ठाउँको विकासमा के–के गर्नुपर्ने भन्ने विषय पैदलयात्राकै क्रममा पायौँ’, उपप्रमुख लामाले भने, ‘स्थानीयले भोग्नु परेको समस्यालाई पूरा गर्ने सङ्कल्प गरेका छौँ, केही समय धैर्य गरेर बस्नुस् ।’
राज्यले गर्नुपर्ने काम गैरसरकारी संस्थाले गरेकामा धन्यवाद दिँदै उपप्रमुख लामाले अब स्थानीय सरकारले जिम्मेवारी लिएर शिक्षालगायत अन्य क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाए । शिक्षाको सुधारका लागि नगरपालिकाले काम सुरू गरिसकेको भन्दै गुणस्तरीय शिक्षा र सबैमा शिक्षाको सहज पहुँच पुर्‍याउने उनले बताए ।
बिजुली चाहिँदैन, बाटो र शिक्षा देऊ
कान्दाका स्थानीयले बाटो र शिक्षालाई प्राथमिकता दिएर काम गर्न स्थानीय सरकारको ध्यानाकर्षण गराए । उनीहरुले बरू बिजुली नचाहिने तर बाटो र शिक्षालाई सहज पहुँचमा पुर्‍याउन आग्रह गरे । कान्दामा नगरप्रमुख र उपप्रमुखले स्थानीयसँग गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले तत्काल बाटो विस्तार गर्नुपर्ने बताएका हुन् ।
स्थानीय सीताबहादुर प्रजाले बाटोको असुविधाले यहाँका जनताले सास्ती खेप्नु परेको बताए । ‘बाटो नहुँदा यहाँका जनताले भोग्नु परेको पीडा भोग्नेलाई मात्र थाहा छ’, प्रजाले भने, ‘बाटोलाई प्राथमिकता दिन सरकारलाई आग्रह गर्दछु ।’
कान्देश्वरी आधारभूत विद्यालयको व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका कृष्ण प्रजाले बिजुली नचाहिने भन्दै कान्दालाई बाटोले छुनुपर्ने नगरप्रमुख, उपप्रमुखसमक्ष आवाज उठाए । ‘कुनै काम लिएर तल झर्दा रात बिताउनुपर्छ, खर्च धेरै हुन्छ, खर्च व्यवस्थापन गर्न सकिँदैन’, प्रजाले भने, बाटो भए बिहान गएर बेलुका फर्कन सकिने थियो, यसमा सरकार गम्भीर बनोस् ।’
अर्का स्थानीय श्रीप्रसाद प्रजाले ट्रयाकमात्रै खोलिदिए पनि राहत मिल्ने गुनासो गरे । ‘यहाँ तरकारी उत्पादन राम्रो हुन्छ, बजार पु¥याउन समस्या छ’, श्रीप्रसादले भने, ‘बाटो नहुँदा उत्पादित तरकारी यसै खेर गइरहेको छ, बाटो बने हाम्रो आयआर्जनमा मद्दत पुग्नेथियो ।’

आन्य समाचारहरु:-
December 7, 2023
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने

चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]

December 6, 2023
वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं  :  प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]

December 4, 2023
पूर्वी चितवन पत्रकार मञ्चकाे नयाँ समिति चयन, अध्यक्षमा हाेमनाथ सापकाेटा

रत्ननगर ,मंसिर १८- पूर्वी चितवन पत्रकार मञ्चकाे अध्यक्षमा पत्रकार हाेमनाथ सापकाेटा चयन भएका छन् । साेमबार सम्पन्न मञ्चकाे विशेष अधिवेशनले आगामी कार्यकालकाे लागि सापकाेटाकाे नेतृत्वमा नयाँ समिति चयन गरेकाे हाे […]

December 4, 2023
नारायणगढ लेडी जेसीजको अध्यक्षमा हिमा श्रेष्ठ निर्वाचित

नारायणगढ लेडी जेसीजको अध्यक्षमा हिमा श्रेष्ठ निर्वाचित चितवन, मंसिर १७-नारायणगढ लेडी जेसीजको अध्यक्षमा हिमा श्रेष्ठ निर्वाचित हुनु भएको छ । लेडी जेसीजको २७ औं शाखा अधिवेशनबाट श्रेष्ठ वर्ष २०२४ का […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram