कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
पूर्वी चितवनको रत्ननगरका एक जना किसानको खेतमा लगाएको मकैमा दाना नलागेपछि घाँसको मुल्यमा ढोड विक्री गर्न बाध्य

रत्ननगर । पूर्वी चितवनको रत्ननगरका एक जना किसानको खेतमा लगाएको मकैमा दाना नलागेपछि घाँसको मुल्यमा ढोड विक्री गर्न बाध्य भएका छन् ।
रत्ननगर वडा नं १२ का जिरौनाका किसान अर्जुन पौडेलले एक विघा क्षेत्रफलमा लगाएको मकैमा दाना नलागेपछि घाँसको मुल्यमा विक्री गर्न बाध्य भएका हुन । तयारी हरियो घोगा बेच्ने योजनाका साथ पौडेलले माघ ५ गते मकै रोपेका थिए । रोपेको करिब चार महिनामा बैशाख अन्तिम साता उनले हरियो घोगा बेच्ने उद्देश्य लिएका थिए । सौराहाचोकमा रहेको साझा एग्रोभेटबाट पौडेलले सीपी ८०८ जातको हाइब्रेड मकै खरिद गरेर रोपेका थिए ।
हरियो घोगा बेच्ने समय हुँदा पनि दाना नलागेपछि घाँसको मुल्यमा ढोड विक्री गर्न बाध्य भएको किसान पौडेलले बताए । ढोड बेचेका उनले एक विघामा लगाएको कमै खेतीबाट ५० प्रतिशत घाटा व्यहोरेका छन् । खेती लगाउन करिब ७० हजार खर्च भएको छ उनले भने ढोड त्यतिनै मुल्यमा विक्री भयो । हरियो घोगा बेचेर उनले एक खेतीबाट करिब दुई लाख आम्दानी गर्ने लक्ष्य राखेका थिए ।
किसान पौडेलले लगानी उठेपनि आम्दानी लिन नसकेको बताए । मिहिनेत र परिश्रम खेर गयो पौडेलले भने खेती गरेर आम्दानी गर्ने सपना पुरा हुन सकेन् । पौडेलले केरा खेती मासेर माघमा मकै रोपेका थिए । राम्रो आम्दानी भयो भने व्यवसायिक रुपमै मकै खेती गर्ने योजनाका साथ हाइब्रेड मकै रोपेको भन्दै उनले पहिले खेतीले नै आफुलाई निरास बनाएको बताए ।
रत्ननगर नगरपालिका कृषि शाखा प्रमुख प्रविण लामाले सीपी ८०८ जातको मकै तराईका जिल्लाहरुका लागि सिफारिस गरिएको जात भएको बताए । बढ्दो गर्मीका कारण भालेकर्णको मृत्यु भइ मकैको बोटमा दाना नलागेको हुन सक्ने लामाले बताए । यो अनुसन्धानको विषय बन्यो उनले भने किसान पौडेलले अनुसन्धन गरेर मात्र मकै बेच्नु पर्ने थियो, तर ढोड काटिसकेको भन्ने जानकारी हामीले पाएका छौं ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]