चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]
राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन सरकारमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रह

काठमाडौं, वैशाख १७(
राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन सरकारमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आग्रह गरेका छन् । आज बालुवाटारमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा प्रधानमन्त्रीले सो आग्रह गरेका हुन् ।
स्रोतका अनुसार प्रचण्डले रास्वपाले अघि सार्ने सर्तहरू आफूलाई मञ्जुर हुने संकेत गरेका थिए । तर, लामिछानेले भने प्रचण्डको प्रस्तावलाई घुमाउरो रूपमा अस्वीकार गरेको स्रोतको भनाइ छ । उनले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सक्ने स्पष्ट संकेत गरे ।’
‘हामी अहिले सरकारमा जाने मनस्थितिमा छैनौँ । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन सक्छौँ,’ उनले भने । भेटमा रविले आफ्नो पार्टीले नीति तथा कार्यक्रममा समावेश गराएको ‘भ्रष्टाचारको फाइल खोल्ने’ एजेन्डालाई अहिले हटाइएकोप्रति तीव्र असन्तुष्टि जनाएका थिए ।
‘भ्रष्टाचारीलाई कारबाही गर्ने विषयमा नरम नीति लिने सरकारमा हामी कसरी सहभागी हुन सक्छौँ,’ उनले प्रश्न गरेका थिए ।
प्रधानमन्त्रीले भने जसरी पनि रास्वपा सरकारमा आउनुपर्ने भन्दै नीति तथा कार्यक्रम पनि सच्याउन आफू तयार गरेको घुमाउरो संकेत गरेका थिए । तर, रविले भने पार्टी प्रतिपक्षमै बस्न सक्ने प्रधानमन्त्रीलाई बताएका छन् ।
रास्वपाको भोलि केन्द्रीय समिति र संसदीय दलको छुट्टाछुट्टै बैठक बस्दै छ । भोलिको बैठकले सरकारबाट समर्थन झिक्ने विषयमा निर्णय भने लिने छैन । तर, सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने मनस्थिति नेतृत्वले बनाइसकेको बुझिएको छ ।
रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]
काठमाडौं : प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]
रत्ननगर ,मंसिर १८- पूर्वी चितवन पत्रकार मञ्चकाे अध्यक्षमा पत्रकार हाेमनाथ सापकाेटा चयन भएका छन् । साेमबार सम्पन्न मञ्चकाे विशेष अधिवेशनले आगामी कार्यकालकाे लागि सापकाेटाकाे नेतृत्वमा नयाँ समिति चयन गरेकाे हाे […]