Listen Live: 

चितवन घर भएकी नर्सले विवाह गर्न नमानेको भन्दै डाक्टरको घरमा गएर गरिन् आत्महत्या

Radio Chitwan
आइतवार, बैशाख १७, २०८०

चितवन,बैशाख १७(

चितवनकी एक युवतीले प्रमीको घरमा गएर आत्महत्या गरेकी छिन् । विवाह गर्न नमानेको भन्दै उनले हिजो युवककै घरमा पुगेर आत्महत्या गरेकी हुन् ।

भरतपुर महानगरपालिका(१ घर भएकी २९ वर्षकी अनुमा श्रेष्ठ काठमाडौँ वीर अस्पतालको ग्यास्ट्रो मेडिसिन वार्डको नर्सिङ इन्चार्ज हुन् ।

प्रहरी वृत्त बालाजुका अनुसार अनुमाको शव आत्महत्या गरेको अवस्थामा बोहोराटारस्थित प्रेमी सुजन ढकालको घरमा भेटिएको थियो। अनुमाको प्रेमी भनिएका सुजन कान्ति बाल अस्पतालका डाक्टर हुन्। आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेको थियो। चितवनको नारायणगढमा रहेका मृतक अनुमाको परिवार काठमाडौँ गएपछि हिजो राती मुचुल्का तयार पारी शव उठाइएको थियो।

लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न नमानेको भन्दै उनले आत्महत्या गरेकी प्रहरीको भनाइ छ । ‘शव भेटिएपछि हामीले अनुसन्धान अघि बढाएका छौं र आत्महत्या गरेको कोठामा साइड नोट समेत फेला पारेको ’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सिताराम रिजालले भने।

आन्य समाचारहरु:-
November 30, 2023
नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् । यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक […]

November 27, 2023
तरकारीले बजार नपाउँदा किसान चिन्तित

कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

October 30, 2023
भरतपुर–२२ का वडाबासीले पाउने भए निःशुल्क रगत, रेडक्रससंग वडा अध्यक्षले महतोले गरे सम्झौता

चितवन, कात्तिक १३– चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram