कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
सभापति रवि लामिछानेले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको आन्दोलनमा ऐक्यवद्धता जनाए

काठमाडौं,बैशाख १६(
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन्। शनिबार पुनको आन्दोलनमा सहभागी हुन माइतीघर पुगेका लामिछानेले आफ्ना २१ जना सांसद पुनको पक्षमा रहेको बताए। हाम्रा २१ जना सांसद तपाईंसँग छन्, मैले आज यही उपस्थितिमा ऐक्यवद्धता जनाउँछौँ, उनले भने।
अनुसन्धान, नवप्रर्वतन र आविष्कारलाई प्राथमिकतामा राख्ने गरी बजेट विनियोजन गर्न र नीति बनाउन माग गरी पुन शुक्रबारदेखि माइतीघर मण्डलामा धर्नामा छन्। उनले राति माइतीघर मण्डलमै बिताएका थिए। पुनको दुई दिने धर्नालाई समर्थन गर्दै लामिछानेले राज्यले गर्नुपर्ने काम पुन एक्लैले गरिरहेको बताए। अन्तर्राष्ट्रिय स्तरमा पनि छवि बनाएका पुन सडकमा सुत्नपर्ने व्यक्ति नभएको भन्दै उनले यथाशीघ्र पुनसँग सरकारले वार्ता गर्नुपर्ने भनाइ राखे।
सडक र सदनबाट आफ्ना सबै सांसदहरू पुनको पक्षमा रहेको लामिछानेले दोहोर्याएका थिए।
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]
हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]