नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् । यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक […]
रवि लामिछानेका चालक अझै भेन्टिलेटरमा, मस्तिष्कमा गम्भीर चोट

चितवन, वैशाख १५(
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेका चालक दिलबहादुर थापा अझै भेन्टिलेटरमा छन्।गत वैशाख ४ गते चितवनको भरतपुरस्थित लामिछानेको घरको छतबाट खसेका थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
उपचारका संलग्न चिकित्सकका अनुसार थापाको स्वास्थ्य अवस्था अहिले पनि चिन्ताजनक छ। ‘उहाँको मस्तिष्कमा गम्भीर चोट छ। अहिले पनि भेन्टिलेटरमै हुनुहुन्छ,’ स्रोतले भन्यो। सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान पौने ४ बजेतिर थापा घरको छतबाट खसेका थिए। १० दिनदेखि भेन्टिलेटरमा राखेर उनको उपचार जारी छ।
घटना भएको रात रास्वपाका महामन्त्री डाक्टर मुकुल ढकालका चालक पनि थापासँगै सुतेका थिए। थापा राति छतबाट खसेपछि चितवन प्रहरीले उक्त घटनाको अनुसन्धान गरेको थियो।
अनुसन्धानमा उनले राति रक्सी खाएको र त्यसैको नसामा हिँडदा छतबाट खसेको हुनसक्ने देखिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।
‘अरू कुनै कारण देखिएन,’ उनले भने।
कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]