Listen Live: 

नारायणीमा ‘सिग्नेचर ब्रिज’ निर्माणको ठेक्का तुँदी कन्स्ट्रक्सनले पायो

Radio Chitwan
शुक्रबार, बैशाख १५, २०८०

काठमाडौं, वैशाख १५–

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणी नदीमा बन्ने ‘एडभान्स टेक्नोलोजी ब्रिज’ ९सिग्नेचर० निर्माणको ठेक्का तुँदी कन्स्ट्रक्सनले ठेक्का पाएको छ । सडक विभागअन्तर्गतको पुल महाशाखाले वैशाख ११ मा तुँदी कन्स्ट्रक्सनका नाममा आशयपत्र जारी गरेको महाशाखाका सिनियर डिभिजनल इन्जिनियर नरेन्द्रप्रसाद भट्टले बताए।

नेपालमै पहिलोपटक बन्न लागेको फरक डिजाइनको उक्त पुललाई ‘सिग्नेचर ब्रिज’ का रूपमा चिनिने छ। तर, उक्त पुल वास्तविक सिग्नेचर ब्रिज नभई सिग्नेचरजस्तै हुने महाशाखाले जनाएको छ। आशयपत्रको म्याद सात दिनको हुन्छ। सात दिनभित्र तुँदी कम्पनीको नाममा कसैले उजुरी नगरे महाशाखा र निर्माण कम्पनीबीच निर्माणका लागि ठेक्का सम्झौता हुन्छ।

‘आशयपत्रको म्याद सात दिनको हुन्छ, त्यसपछि सम्झौता गर्ने पत्र निर्माण कम्पनीलाई पठाउँछौं,’ सिडिई भट्टले भने, ‘त्यो पत्र पठाएको १५ दिनभित्र ठेक्का सम्झौता गर्नुपर्छ।’

उनका अनुसार निर्माण कम्पनीले ठेक्का सम्झौता भएको मितिबाट चार वर्षभित्र पुल निर्माण सक्नुपर्छ। महाशाखाले ठेक्का सम्झौता गरेर डिजाइनदेखि निर्माणसम्मको सबै काम निर्माण व्यवसायीलाई दिन्छ।

तुँदी कन्स्ट्रक्सनले सम्झौता गरेको तीन महिनाभित्र पुलको डिजाइन महाशाखामा पेस गर्नुपर्ने हुन्छ। निर्माण कम्पनीले पेस गरेको पुलको डिजाइन महाशाखाले नौ महिनाभित्र स्वीकृत गर्नुपर्ने व्यवस्था छ।

‘ठेक्का सम्झौता गरेको मितिबाट पुलको डिजाइन तीन महिनाभित्र तयार गरी महाशाखामा पेस गरेर सम्झौताको एक वर्षभित्र स्वीकृत गराइसक्नुपर्ने दायित्व निर्माण कम्पनीलाई छ। त्यसबीचमा हामीले डिजाइन अध्ययन गरेर स्वीकृत गर्नुपर्छ,’ सिडिई भट्टले भने।

यसरी हेर्दा २०८१ जेठबाट नारायणीमा सिग्नेचर ब्रिज निर्माण सुरु हुन्छ। नेपालमा निर्माण भएका अन्य पुलभन्दा नारायणीमा बन्न लागेको पुलको लागत पनि बढी छ। ४ सय २० मिटर लामो उक्त पुल निर्माण गर्न १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता गर्ने सिडिई भट्ट बताउँछन्।

सिग्नेचर ब्रिज निर्माणका लागि पुल महाशाखाले आह्वान गरेको ठेक्का प्रक्रियामा अनक कन्स्ट्रक्सन र तुँदी कन्स्ट्रक्सनको मात्र आवेदन परेको थियो। जसमध्ये प्रविधिक र आर्थिकरूपमा तुँदी उपयुक्त देखिएको महाशाखाले जनाएको छ।

हाल सञ्चालनमा रहेको पुलको तल्लो भागमा सिग्नेचर पुल बनाउने योजना छ। तर, निर्माण कम्पनीले डिजाइन बनाउँदा ५ सय मिटरसम्म वरपर सार्न मिल्ने भएकाले अहिले नै पुल निर्माणको यकिन स्थान भन्न नसकिने इन्जिनियरहरू बताउँछन्।

नारायणीमा सिग्नेचर पुल दुई लेनको बन्ने छ। हाल सञ्चालनमा रहेको पुल पनि दुई लेन र ४ सय २० मिटर लाम्बाइको छ। पुल डिजाइन बनाउन नेपाली वा विदेशी जो भए पनि अन्तर्राष्ट्रिय विज्ञ हुनुपर्ने महाशाखाका अर्का अधिकारी बताउँछन्। साथै, निर्माण कम्पनीले तयार गरेको डिजाइन विभाग वा महाशाखाले परीक्षण गरेपछि मात्रै निर्माण सुरु हुन्छ।

दुई लेनमा निर्माण भएको पूर्व–पश्चिम राजमार्ग सरकारले ‘एसियन हाइवे’ का रूपमा विकास गर्न चार लेनमा विस्तार गर्दैछ। तर, त्यही राजमार्गमा बन्ने सिग्नेचर ब्रिज भने दुई लेनको बनाउने तयारीमा पुल महाशाखा देखिन्छ।

आन्य समाचारहरु:-
November 27, 2023
तरकारीले बजार नपाउँदा किसान चिन्तित

कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

October 30, 2023
भरतपुर–२२ का वडाबासीले पाउने भए निःशुल्क रगत, रेडक्रससंग वडा अध्यक्षले महतोले गरे सम्झौता

चितवन, कात्तिक १३– चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता […]

October 30, 2023
जरायलको आक्रमणबाट गाजामा ८५०० प्यालेस्टिनीको मृत्यु

काठमाडौं, कात्तिक १३- गाजामा इजरायली आक्रमणबाट ८ हजार ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार ५०० प्यालेस्टिनी […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram