Listen Live: 

चितवनमा लागुऔषध दुव्र्यसनका घटना पछिल्लो समयमा बढ्दै

Radio Chitwan
बिहिबार, बैशाख १४, २०८०

चितवन, वैशाख १४(

चितवनमा लागुऔषध दुव्र्यसनका घटना पछिल्लो समयमा बढ्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार बढ्दो सहरीकरण, घर परिवारको अवस्था, सामाजिक परिवेश, आर्थिक मन्दी र गरिबीका कारण पछिल्लो तीनवर्षमा लागुऔषधको घटना बढ्दै गएको हो ।

जसमा धेरै किशोरकिशोरीसँगै केही महिला पनि फस्ने गरेका छन् । तर, किशोरकिशोरी भने के सही र के गतल छुट्याउन नसक्दा बढी दुव्र्यसनमा फस्ने गरेको प्रहरीको निष्कर्ष छ । आर्थिक पाटोले पनि यसमा ठूलो प्रभाव पर्ने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार आर्थिक वर्ष २०७७्७८ पुरुष १२८, महिला ६ र बालक दुई गरी लागुऔषध दुव्र्यसन तथा ओसारपसार गर्ने १३६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । जसमा प्रकाउ गरिएका १३६ मध्ये ९५ जनाको मुद्दा जिल्ला अदालत चितवनमा दर्ता भएको थियो । यस्तै आर्थिक वर्ष २०७८्७९ मा पुरुष १५४, महिला ११ र बालक ५ गरी १७० जनालाई पक्राउ गरेको र १०६ जनाको मुद्दा भने अदालतमा दर्ता गरिएको उनले जानकारी दिए ।

तर, जिल्लामा चालु आवको ९ महिनामा भने २०७७्०७८ भन्दा धैरै लागुऔषधको दुव्र्यसनका घटना बढेको र अझै बढ्दो क्रममा छ । यस चालु आवमा २०७९्८० को चैतसम्म मात्रै प्रहरीले जिल्लामा लागुऔषधको मुद्दामा पुरुष १२९ र महिला ९ जना गरी १३८ जना पक्राउ गरेको छ । जसमध्ये १२८ नेपाली, १० भारतीय रहेको र ७८ जनाको मुद्दा अदालतमा दर्ता भइसकेको उपरीक्षक पण्डितबाट प्राप्त तथांकमा उल्लेख छ ।

अधिकांश १८ वर्ष उमेर समूह तथा १८ वर्ष भन्दा कम उमेरका बालबालिका फस्ने गरेको बताउँदै पण्डित भन्छन्, ‘धेरैजसो युवायुवती साथीसँगका संगतको कारण, कस्तो हुन्छ यो खाँदा भन्ने कौतुहलताका कारण लागुऔषध सेवन गर्न सिक्दै जाने गर्छन् ।’ उनीहरुलाई लागुऔषध ऐन अनुसार कारबाही गरिन्छ भने १८ वर्ष भन्दा कम उमेर समूहका बालबालिकालाई भने बालबालिकासम्बन्धी ऐन–२०७५ अनुसार अनुसन्धान गरेर कारबाही गरिने उनले जानकारी दिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram