Listen Live: 

युएईले नेपाललाई दियो २०३ रनको लक्ष्य

Radio Chitwan
सोमवार, चैत्र ७, २०७८

काठमाडौं, ७ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा खेलमा घरेलु टोली युएईसँग खेलिरहेको छ । युएईले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनाएको हो ।

युएईका लागिरोहन मुस्ताफाले सर्वाधिक ६० रन बनाए । यस्तै मुहम्मद वासिमले ३३, चिराग सुरीले २६ र भृत्य अरविन्दले २४ रन बनाए । बलिङमा नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर ३ विकेट लिए ।
करण केसीले ९ ओभरमा ३६ रन तथा सोमपाल कामीले १० ओभरमा ४४ रन खर्चेर समान २ विकेट लिए । यस्तै करण केसी, दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले १(१ विकेट लिए ।

आन्य समाचारहरु:-
December 9, 2023
टिकौली चौरमा मंसिर २५ गते देखि दोस्रो रत्नप्रिय कप हुँदै

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]

December 3, 2023
प्रधानमन्त्री कप क्रिकेट महिला छनोटमा काठमाडौंको लगातर दोस्रो जित

खुशी डंगोलको कसिलो बलिङ मद्तमा काठमाडौंले बागमती प्रदेश प्रधानमन्त्री कप क्रिकेट महिला छनोट प्रतियोगितामा लगातर दोस्रो जित हात पारेको छ ।भरतपुरको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा आज सम्पन्न पहिलो […]

November 18, 2023
महिला टी–२० सिरिज: नेपालद्वारा जापान पराजित

हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]

October 30, 2023
टी-ट्वेन्टी विश्वकप छनोट आजबाट सुरु हुने, नेपाल र सिंगापुर भिड्दै

काठमाडौं,कात्तिक १३- टी-ट्वेन्टी विश्वकप एसिया छनोट आजबाट सुरु हुँदैछ। खेल बिहान ९ बजे सुरु हुनेछ। प्रतियोगिताको दाबेदारका रुपमा रहेको नेपालले पहिलो खेलमा आज सिंगापुरसँग प्रतिस्पर्धा गर्ने छ। खेल टीयू क्रिकेट […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram