कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
जिल्लामा रोजगारीको अभाव भएपछि मासिक एक हजार १६१ जना वैदेशिक रोजगारीमा गएर श्रम बेच्न बाध्य

चितवन, वैशाख १३(
चितवन जिल्लाबाट मासिक एक हजार बढी नागरिकले श्रम बजारमा रोजगारीका लागि श्रम स्वीकृती लिने गरेका छन् ।
जिल्लामा रोजगारीको अभाव भएपछि मासिक एक हजार १६१ जना वैदेशिक रोजगारीमा गएर श्रम बेच्न बाध्य भएका हुन ।
गत आर्थिक वर्ष ०७८्०७९ मा चितवन जिल्लाबाट वैदेशिक रोजगारीमा जान १३ हजार ९२७ जनाले श्रम स्वीकृत लिएका छन् । त्यस्तै सोही आर्थिक वर्षमा बागमती प्रदेशबाट ९१ हजार ५१० जनाले श्रम बजारमा रोजगारीका लागि श्रम स्वीकृती लिने गरेको महानगरको सामी कार्यक्रमका सुशासन संयोजक भक्त राईले जानकारी दिए ।
बुधबार भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारका सम्बन्धमा तथ्यांक संकलन, अभिलेखीकरण र पाश्र्वचित्र निर्माण गर्न जनप्रतिनिधिसँग गरेको अन्तरक्रिया कार्यक्रममा सयोजक राईले वैदेशिक रोजगारीका सम्बन्धमा देखिएका विवरणहरु प्रस्तुत गरेका थिए ।
महानगरपालिकाले भरतपुरमा २९ वटै वडाका अध्यक्ष तथा सचिवसँग वैदेशिक रोजगारका सम्बन्धमा देखिएका समस्या, चुनौती र वैदेशिक रोजगारमा गएकाहरुको अवस्थाको बारेमा बिस्तृतरुपमा अन्तरक्रिया गरेको छ । संयोजक राईले वैदेशिक रोजगारको सवाल,स्थानीय सरकारको पहलहरु र पाश्र्वचित्र निर्माणका सम्बन्धमा अनुभव तथा सिकाइका बारेमा समेत कार्यपत्र प्रस्तुत गरेका थिए । उनका अनुसार नेपालमा प्रति वर्ष करिब १४ लाख ५० हजार श्रमशक्ति श्रम बजारमा श्रम गर्न जाने गरेका छन् भने श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा जानेको सख्या ६४ लाख रहेको छ । त्यस्तै गत आर्थिक वर्षमा मात्रै बागमती प्रदेशबाट ९१ हजार ९४८ जनाले श्रम स्वीकृत लिएका छन् । आर्थिक वर्ष ०७८्०७९ मा १० खर्ब ७ अर्व विप्रेषण भित्रिएको कुल ग्राहस्थ उत्पादन जीडीपी सँग तुलना गर्दा करिब २९ प्रतिशत हिस्सा हुन आउँछ ।
भरतपुर महानगरपालिकाले यही वैशाख १६ गतेबाट २९ बटै वडाहरुमा गणकहरु खटाएर वैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुको विवरण संकलन गर्दैछ । त्यसैको पूर्वसन्ध्यामा भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारका सम्बन्धमा तथ्यांक संकलन, अभिलेखीकरण र पाश्र्वचित्र निर्माण गर्न जनप्रतिनिधिसँग मंगलबार अन्तरक्रिया गरेको हो । महानगरपालिकाले भोलि बिहीबार र पर्सि शुक्रबार २९ वटै वडाबाट छनौट भएर आएका गणकहरुलाई प्रशिक्षणसमेत दिने भएको छ । प्रशिक्षण पश्चात् वडा वडामा गएका गणकहरुले अनलाइन मार्फत् विवरणहरु अध्याबधिक गर्नेछन् ।
स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका निर्देशक शान्ता कुमारी पौडेलले भनिन्, ‘हामीसँग कसैले वैदेशिक रोजगारीमा गएको एकिन तथ्यांक माग्यो भने हामी नबोलिकन बस्नुपर्ने बाध्यता बिद्यमान छ । वडामा जाने गणकहरुले वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको घरघरमा गएर उनीहरुको पारिवारिक विवरणका साथै लिंग, उमेर, वैदेशिक रोजगारीमा गएको अवधि, अरुको लहैलहैमा लागेर गएको या बुझेर गए नगएको, सीप सिकेको नसिकेको, मान्यता प्राप्त म्यानपावरबाट गए नगएको, वैदेशिक रोजगारीबाट फर्कनुको कारण, फर्केर आएपछि ब्यापार ब्यबसाय गरे नगरेको जस्ता थुप्रै विवरणहरु अध्याबधिक गर्ने छन् ।
अन्तरक्रिया कार्यक्रमको समापनमा उपमेयर चित्रसेन अधिकारीले महानगरको यो कार्यक्रम इतिहासकै सम्झनलायक कार्यक्रम भएको अनुभव सुनाए । ‘यो हाम्रो मात्र नभई भरतपुर महानगर कै गौरवको कार्यक्रम हो’ उपमेयरले भने, ‘यो अभियानबाट वैदेशिक रोजगारीका सम्बन्धमा देखिएका जटिलताको अन्त्य हुने छ ।’
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]