कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनमा महिला हिंसाका घटना बढ्दै

चितवन, वैशाख १३
चितवनमा महिला हिंसाका घटना बढ्दै गएको छ ।
पछिल्लो दुई वर्षको तुलना गर्दा चालु आर्थिक वर्षमा महिला हिंसाका घटना बढ्दै गएको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७्०७८ मा जम्मा १५४ महिला हिंसाका घटना कार्यालयमा दर्ता भएका छन् । जसमा खान लाउन नदिएको ७७ उजुरी, ४४ कुटपिट, ३३ गाली बेइज्जतीका उजुरी परेको प्रहरी नायव उपरीक्षक पण्डितले बताए । यसमा १३२ उजुरीको मिलापत्र भएको र २२ अदालती प्रक्रियामा गएको उनले जानकारी दिए । साथै शान्ति सुरक्षा तथा अन्य हिंसामा ३२३ उजुरी परेको छ । जसमा ३२३ नै मिलापत्र भएका छन् ।
यस्तै आर्थिक वर्ष २०७८्०७९ मा महिला हिंसा घटनाका ४४३ वटा उजुरी परेका छन् । आव २०७७्०७८ मा परेको उजुरीको तुलना गर्दा आव २०७८्०७९मा तीन गुणा बढी उजुरी बढेको देखिन्छ । जसमा १२९ खानलाउन नदिएको, १९४ कुटपिट, १२० गाली बेइज्जतीका उजुरी परेको छ । जसमा ३०३ उजुरी मिलापत्र भएको र ११७ अदालती प्रकृयामा गएको तथ्याङकमा उल्लेख गरिएको छ । साथै ३२३ शान्ति सुरक्षा तथा अन्य रहेका छन् । यसमा ३२३ नै मिलापत्र भएका छन् ।
यस्तै चालु आर्थिक वर्ष २०७९्०८० को चैत महिनासम्ममा ३०४ उजुरी परेका छन् । जसमा ७४ खानलाउन नदिएको, १४७ कुटपिट, ८३ गाली बेइज्जतीका उजुरी परेका छन् । यसमा १९७ मिलापत्र भएको र १९७ उजुरी अदालत प्रक्रियामा गएका छन् । यस्तै २४२ वटा शान्ति सुरक्षा तथा अन्यमा उजुरी परेका थिए । जसमा २०५ मिलापत्र भएको र ३७ वटा उजुरी बाँकी रहेका छन् ।
प्रहरी नायव उपरीक्षक पण्डितले कार्यालयमा महिला हिंसाका घटनाका उजुरी दिनदिनै बढ्दै जानुमा समाज सचेत हुँदै गएकोले हो भन्ने विचार राखे । उनले भने, ‘पहिला कार्यालयमा उजुरी नआउने हुन्थ्यो भने अहिले धेरै उजुरी आउँछन्, जसकारण महिला हिंसाका घटना बढेको देखिन्छ ।’ उनले समाज शैक्षिक अवस्थामा वृद्धि हुँदै जानु, महिला आफै आत्मनिर्भर बन्दै जानुले पनि अहिले महिला हिंसा सहेर बस्ने गर्दैनन् । उनीहरु कार्यालयमा उजुरी दिन जान्छन् । जसकारण हिंसाका घटनाको तथ्याङ्क बढेको देखिन्छ ।
महिला अधिकारबादी मिना खरेलले हरेक वर्ष महिला हिंसाका घटना बढ्दै गएको बताइन् । उनले कानुनमा भएको विषयवस्तु कार्यान्वयन नहुँदा, राज्य सम्वेदनशील नहुँदा, रोजगारीमूलक शिक्षा नहँुदा महिला हिंसाका घटना बढ्दै गएको बताइन् । उनले भनिन्, ‘राज्य अभिभावक हो, राज्य जिम्मेवार र संवेदनशील बन्नुपर्छ । तबमात्र महिला सुरक्षित र सचेत हुन्छन् ।’ उनले पहिलाभन्दा अहिले महिला सचेत भएको बताइन् । पहिला महिला आफूमाथि भएको हिंसा सहने गर्थे भने अहिले चुपलागेर नबस्ने, आवाज उठाउने गर्छन् । जसकारण महिला हिंसाका घटनाको उजुरी बढेका छन् ।
त्यसैगरी पत्रकार प्रतिमा सिलवालले ६० प्रतिशत महिला घर परिवारबाटै हिंसामा पर्ने गरेको बताइन् । ६० प्रतिशत महिला आफ्नै श्रीमान्बाट हिंसामा पर्ने गरेको उनको भनाइ छ । उनले भनिन्, ‘परिवारमा श्रीमान्ले भनेको नमान्दा कुटपिट गर्ने, श्रीमान्ले भनेको हुनुपर्ने भन्ने सोच विचार हुँदा महिला घरेलु हिंसामा बढी पर्ने गरेका छन् ।’ उनले प्रभावकारी काुनन नभएको कारण, दोषीलाई कडा कारबाही गर्न नसक्दा हिंसा बढ्दै गएको बताइन् । उनले दोषीलाई कारबाही गर्न नसक्दा हिंसात्मक घटनाहरु दोहोरिएको विचार राखिन् । एउटै मानिस तीन पटकसम्म पनि प्रहरी कार्यालयमा पुगेको देख्न सकिने उनको भनाइ छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]