कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
नेपालका दसवटा सञ्चार संस्थाहरुलाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार–२०२३’ प्रदान

माडी । नेपालका दसवटा सञ्चार संस्थाहरुलाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार–२०२३’ प्रदान गरिएको छ । एनआरएनए अमेरिकाले मंगलबार चितवनको माडीमा एक कार्यक्रमको आयोजना गरी सञ्चार सेवा पुरस्कार वितरण गरेको हो ।
माडीका नगर उपप्रमुख खेमप्रसाद महतोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कुल १५०० अमेरिकी डलर ९झन्डै नेपाली २ लाख० राशिको सो पुरस्कार १० वटा संस्थालाई बाँडेर वितरण भएको हो ।
सो पुरस्कारबाट सम्मानित हुने संस्थाहरुमा श्रमजीवी पत्रकार संघ, राष्ट्रिय दलित पत्रकार संघ, आदिवासी जनजाति पत्रकार महासंघ, क्रियाशील महिला पत्रकार, मुस्लिम जर्नालिस्ट क्लब, मधेशी पत्रकार समाज, अपाङ्ग पत्रकार मञ्च, शिक्षा पत्रकार समूह, राष्ट्रिय स्वास्थ्य पत्रकार मञ्च र राष्ट्रिय यातायात पत्रकार मञ्च रहेका छन् ।
माडीका सबै वडाका वडाध्यक्षहरुको उपस्थितिमा सम्पन्न सो कार्यक्रम देउराली फाउन्डेसनका अध्यक्ष भीम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो । पुरस्कार वितरणसँगै देवकी अभिलाषीद्वारा लेखिएको ‘आदिवासी भोग’ नामक काव्यकृतिको लोकार्पणसमेत भएको थियो ।
यस्तै, अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार–२०२३ बाट पुरस्कृत नेपालका दसवटा सञ्चार संस्थाहरुलाई स्वदेश एफएम परिवारले माडीको बघौडास्थित माडी भिलेज रिसोर्टमा स्वागत गरेको छ । पुरस्कृत भएका सञ्चार संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई स्वदेश एफएम, स्वदेश प्लस एफएम, स्वदेश मिडिया क्लब र उज्यालो जीवन नेपाल संस्थाले संयुक्तरुपमा स्वागत एवं सम्मान गरेका हुन् ।
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, कात्तिक १३– चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता […]
काठमाडौं, कात्तिक १३- गाजामा इजरायली आक्रमणबाट ८ हजार ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार ५०० प्यालेस्टिनी […]