Listen Live: 

नमुना सरकारी विद्यालयमा विद्यार्थीको भीड : भर्ना कोटा ३५०, परीक्षा दिने दुई हजार आठ सय

Radio Chitwan
बुधबार, बैशाख १३, २०८०

भरतपुर । निरन्तर उत्कृष्ट नतिजाका कारण सबैको रोजाइमा पर्ने गरेको विद्यालय हो, भरतपुरस्थित नारायणी नमुना मावि । यस स्कुलमा पढ्ने र पढाउने धेरैको चाहनाको विषय बन्ने गरेको छ ।

मंगलबार भएको प्रवेश परीक्षामा यस स्कुलमा दुई हजार ८०० जनाले परीक्षा दिएका छन् । कक्षा १ देखि ९ सम्म जम्मा ३५० जना माग भएको छ । भर्ना हुनका लागि चाहने अधिकांश विद्यार्थी निजी विद्यालयबाट आएकाहरु छन् । केही छिमेकी सरकारी विद्यालयका र केही भरतपुरभन्दाबाहिर तथा चितवन जिल्लाबाहिरका रहेका विद्यालयले जनाएको छ ।

घरनजिकैको विद्यालयमा पढिरहेको छोरालाई सदरमुकामको सरकारी विद्यालय राम्रो लागेपछि इच्छाकामना–३ का रामप्रसाद अधिकारीले प्रवेश परीक्षामा सहभागी गराए । गाउँमा रहेका विद्यालयहरुको तुलनामा यहाँको पढाइ राम्रो लागेको र यस विद्यालयमा पढेका गाउँका भाइबहिनीहरु अहिले मेडिकल, इन्जिनियरिङ क्षेत्रमा छात्रवृत्तिमा पढिरहेकाले आफू पनि आकर्षित भएको अधिकारी बताउँछन् ।

हालै सम्पन्न एसइईमा यस विद्यालयका ३८४ जना विद्यार्थी सहभागी छन् । गत वर्ष एसइईमा नेपाल टप भएको थियो । ‘शैक्षिक गुणस्तरीयताका कारण सामुदायिक विद्यालयहरुमा विद्यार्थीको चाप बढको छ’, यसै विद्यालयका निवर्तमान प्रअ पूर्णप्रसाद दवाडीले भने, ‘विद्यार्थी र अभिभावक सरकारी विद्यालय रोज्दै आउनु खुसीको कुरा हो ।’

निर्धारित कोटाभन्दा धेरैले आवेदन दिएकाले सबैलाई भर्ना लिन असमर्थ रहेको विद्यालयका शिक्षकहरुको प्रतिक्रिया छ । विद्यालयको वार्षिक नतिजा उत्कृष्ट रहेको, विज्ञान विषयको अध्यापन हुने गरेको, अंग्रेजी माध्यममा पढाइ हुने गरेकोलगायतका कारणले विद्यार्थी आफ्नो विद्यालयमा पढ्न चाहेको दवाडीले बताए ।

आफ्ना नानीबाबुलाई नारायणी माविमा भर्ना गर्न पाउनुलाई कतिपय अभिभावकले ठूलै उपलब्धि हासिल गरेजस्तो गर्छन् । ‘अभिभावकको बारम्बार फोनका कारण मोबाइल नै अफ गरेर बस्नु परेको छ’, निवर्तमान प्रअ दवाडीले भने, ‘निष्पक्ष परीक्षा प्रणाली र नतिजाका आधारमा नयाँ भर्ना लिने तयारीमा छौँ ।’

सामुदायिक विद्यालयहरुको सबलीकरण, स्कुल बस सञ्चालन, पर्याप्त सिकाइ सामग्री पनि विद्यार्थी चापका कारण रहेको भरतपुर महानगर शैक्षिक महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले बताए । छात्रवृत्तिसम्बन्धी सुविधा लिनका लागि यसअघि ८ कक्षाबाट पढेको हुनुपर्नेमा ६ कक्षादेखि नै सामुदायिक विद्यालय पढेको हुनुपर्ने छात्रवृत्तिसम्बन्धी नयाँ नीतिका कारण आधारभूत तहमा विद्यार्थीको चाप बढिरहेको महाशाखा प्रमुख पौडेलले बताए ।

३प्रवेश परीक्षा दिनका लागि विद्यालय पुग्नेको भीड ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram