कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
सम्भावित विपद्मा तत्काल उद्धारमा खट्नको लागि ४५ जना नगरस्तरीय युवा स्वयंसेवकहरुलाई प्रशिक्षण

चितवन, वैशाख १२(
भरतपुर महानगरपालिकाले सम्भावित विपद्मा तत्काल उद्धारमा खट्नको लागि ४५ जना नगरस्तरीय युवा स्वयंसेवकहरुलाई प्रशिक्षण दिएको छ ।
बिपद् र संकटको समयमा कसरी बच्ने, अरुलाइ कसरी बचाउने, के कस्ता साबधानीका उपायहरु अपनाउने, बिपद् के हो र कसरी आउँछ भन्ने सन्दर्भमा महानगरले युवाहरुलाई लक्षित गरी तालिमको आयोजना गरेको हो । तालिममा महानगरपालिका भित्रका २९ वटै वडाबाट प्रतिनिधित्व रहने गरि ४५ जना सहभागी भएका छन् ।
विपद प्रायः मानवबाट सिर्जित पूर्वाधारबाट हुने भएकोले भौतिक संरचनाको संरचना दिगो हुने गरी निर्माण गर्नुपर्नेमा भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले जोड दिए । उनले विपद् व्यवस्थापनको लागि स्थानीयस्तरमा सामान्य जानकारी पु¥याउन युवा लाग्नुपर्ने समेत बताए ।
स्थानीय बिपद् ब्यबस्थापन समितिका सदस्य समेत रहेका उपमेयर अधिकारीले महानगरपालिकामा आकस्मिक रुपमा आउने बिपद्लाइ ब्यवस्थापन गर्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको पनि प्रष्ट पारे । ‘ बिपद् र संकटलाइ केही हदसम्म भए पनि कम गर्न यो तालिम कोशेढुङ्गाको रुपमा सावित हुने छ’, उपमेयरले भने, ‘अब महानगरका प्रत्येक वडा भुकम्पीय जोखिमका दृष्टिकोणबाट सुरक्षित हुनेछन् ।’
प्राकृतिक तथा मानव सिर्जित दुवै प्रकारका विपद् तथा मानवीय सहयोग आवश्यक पर्ने अवस्थाहरुमा काम गर्नमा युवाहरु अग्रसर हुन जरुरी रहेको उपमेयरको विचार छ । पाँच दिनसम्म सञ्चालन हुने तालिममा श्री न २ विपद् ब्यबस्थापन गण रसौली चितवन , सशस्त्र प्रहरी बल नेपाल, नं १७ गण हेडक्वाटर आँपटारी र जिल्ला प्रहरी कार्यालय चितवनले सहकार्य गरेका छन् ।
तालिमको उद्घाटन शत्रमा भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा स्थानीय विपद् ब्यबस्थापन कोष सञ्चालन समितिका सदस्य मनोज रानाभाट, बालकुमारी मावि नारायणगढका प्रध्यानाध्यापक आनन्दराज सापकोटा, श्री न २ विपद ब्यबस्थापन गण रसौलीका प्रमुख सेनानी कुलचन्द्र श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । बाढी, पहिरो तथा भूकम्पीय जोखिमको दृष्टिकोणबाट नेपाल ११ औ र १६ औ स्थानमा रहेको छ भने बाढी पहिरोको जोखिममा नेपाल ३० औ स्थानमा रहेको छ ।
जलवायु परिवर्तनको जोखिममा रहेका देशहरुको सुचीमा नेपाल चौथो स्थानमा रहेकोे छ । जलवायु परिवर्तनले सबै क्षेत्रमा असर पार्ने भएता पनि विपद्को अवस्थामा सबैभन्दा बढी बालबालिकाहरु जोखिममा पर्ने बिश्लेशकहरुले औल्याएका छन । विसं २०७२ को भूकम्पमा ८ हजार ९०० जना भन्दा बढीको ज्यान गुमेको थियोे जस मध्ये लगभग ३३ प्रतिशत बालबालिका रहेका थिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]