Listen Live: 

भरतपुरको मुख्य सडक क्षेत्रमा भइरहेको बिजुलीको तार भूमिगत गर्ने कार्यको निरीक्षण

Radio Chitwan
मङ्लबार, बैशाख १२, २०८०

चितवन, वैशाख १२(

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुख्य सडक क्षेत्रमा भइरहेको बिजुलीको तार भूमिगत गर्ने कार्यको निरीक्षण गरेकी छन् ।

भरतपुरको मुख्य सडकमा विद्युत्, इन्टरनेट, टेलिफोनलगायतको तारलाई भूमिगत गर्ने काम भइरहेको छ । भरतपुरकी मेयर दाहालले भूमिगत आयोजनाका कर्मचारीसँग अहिले भइरहेको कार्य प्रगति र काम भइरहेको स्थानबारे जिज्ञासा राखेकी छन् । अहिले ६ लेन सडक र बाइपास सडकमा धमाधम काम भइरहेको छ । आयोजनाका अनुसार अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ । यो वर्षभित्र काम सक्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।

भरतपुर महागनरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई भूमिगत विद्युतीकरणसँगै सौन्दर्यकरण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको बताइन् । दाहालले विद्युत् बितरण प्रणाली भूमिगत तथा सुदृढीकरणले भरतपुरको सौन्दर्यतालाई बढाएर स्मार्ट सिटीकारुपमा विकास गर्न सहयोग पुग्ने विचार राखिन् ।

भरतपुरमा निर्माणाधीन ६ लेन सडक, बाइपासरोड र आँपटारीदेखि पुलचोकसम्म पहिलो चरणमा काम थालनी गरिएको छ । आयोजनाका अनुसार पहिलो चरणमा ३१३ किलोमिटर सडकमा दुवैतर्फ विद्युतीय तार भूमिगत हुनेछ । आयोजनाका इञ्जिनियर आन्नद सुवेदीले भरतपुरको भूमिगतको कार्य तीब्ररुपमा अगाडि बढेको जानकारी दिए । भूमिगतका लागि पाइप बिछ्याउने काम लगभग सकिएको बताए । विदेशबाट सामान आएकाले अब हुने काम सहज ढंगबाट अघि बढ्ने सुवेदीले बताए ।

भरतपुर विद्युत् प्राधिकरणका प्रमुख रामु श्रेष्ठले भूमिगत विद्युतीय प्रणालीले सुरक्षित, भरपर्दो हुने र यसले सहरी सौन्दर्यता कायम राख्नसमेत मद्दत पुग्ने बताए ।

आन्य समाचारहरु:-
February 23, 2024
रत्ननगरका १६ वटै वडामा अनेमसंघको नयाँ कमिटी गठन

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका १६ वटै वडामा अखिल नेपाल महिला संघको नयाँ कमिटी गठन गरिएको छ । नेकपा एमाले निकट संघको छुट्टाछुट्टै अधिवेशन गरी वडा कमिटी गठन गरिएको […]

February 22, 2024
दैनिक चार घण्टा गाडी रोकेर काम हुँदै आएको नारायणगढ–मुग्लिन सडक आइतवारदेखि बन्द नहुने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ […]

February 15, 2024
होटल व्यवसायी महासंघको साधारण सभा रत्ननगरमा हुने

रत्ननगर । होटल व्यवसायी महासंघ नेपालको ११ औं बार्षिक साधारण सभा फागुन ४ गते रत्ननगरमा हुने भएको छ । रत्ननगरको सौराहाचोक स्थित होटल गंगोत्री होइवेमा हुने साधारण सभाको बागमती प्रदेशका […]

February 13, 2024
साैराहा फुड फेष्टिबल : वेटर रेसमा पंगेनी र डाेरी तान्नेमा थ्रि एन्जल रेष्टुरेन्ट प्रथम

रत्ननगर । साैराहामा जारी फुड फेष्टिबल अन्तर्गत मंगलबार वेटर रेस प्रतियाेगिता गरिएकाे छ ।फेष्टिबलकाे आयाेजक संस्था रेवान साैराहाले आयाेजना गरेकाे साे प्रतियाेगितामा थारु किचनका कमल पंगेनी प्रथम, नेवारी खाजा घरका […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram