रत्ननगर, रत्ननगरको टिकौली चौरमा जारी राष्ट्रिय स्तरको सेन्ट्रल कलेज तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगितामा अन्तर्गत आज (आइतवार) भएको खेलमा निजगढ फुटबल क्लब विजयी भएको छ । परिवर्तन हातेमालो […]
पराजय स्वीकार गर्दै श्रेष्ठले भने–मतदाताको सुखदुःखमा अझ सशक्त भएर लाग्छु
चितवन, वैशाख १२–
चितवन क्षेत्र नं २ मा गन्न बाँकी मत भन्दा रवि लामिछानेको मत अन्तर बढी भएपछि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले पराजय स्वीकार गरेका छन् ।
आज बिहान फेसबुकमा लेख्दै श्रेष्ठले निर्वाचनमा पराजित भएपनि मतदाताको सुखदुःखमा विगतमा भन्दा अझ सशक्त भएर लाग्ने बताएका छन् ।
‘निर्वाचनमा पराजित भएता पनि यहि माटोको लागि केही गर्नुपर्छ भन्ने बाल्यकाल देखिकै मेरो सोच र सङ्कल्पका कारण यहाहरुको सुखदुखमा विगतमा भन्दा अझै सशक्त ढंगले लाग्ने प्रतिबद्धता ब्यक्त गर्न चाहन्छु, जयनेपाल’, श्रेष्ठले लेखेका छन् ।
आफुलाई मत दिने मतदाताप्रति उनले आभार प्रकट गरेका छन् । चुनाव प्रचारप्रसार र घरदैलोका क्रममा पाएको माया र सद्भावको सदैव ऋणी रहने उनले उल्लेख गरेका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोएल्सको अपराजित यात्रामा पूर्णबिराम लागेको छ ।आफ्नो चौथो खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको हो । हारपछि सुदूरपश्चिमले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको […]
काठमाडौं- जिल्ला प्रहरी कार्यालय चितवनले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दुर्व्यवहार गरिएको भनेर गरिएको टिप्पणी र चर्चाको खण्डन गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव […]
रत्ननगर, मंसिर २२ । चितवनको रत्ननगर स्थित टिकौलीचौरमा आज (शनिवार) देखि राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता सुरू भएको छ । सो प्रतियोगिताको रत्ननगरका नगर प्रमुख प्रलाद सापकोटाले उद्घाटन गरेका थिए […]