कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
निर्वाचनमा जितहार स्वाभाबिक प्रकृया हो ,सहज लिएको छुः राम प्रसाद न्यौपाने

चितवन, वैशाख १२–
चितवन–२ प्रतिनिधि सभा सदस्यका लागी एमालेका राम प्रसाद न्यौपानेले निर्वाचनमा जितहार स्वभाविक प्रक्रिया भएको बताएका छन् ।
गत वैशाख १० गते भएको उपनिर्वाचनको अहिले मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार उनी आठ हजार ३२९ मत सहित तेस्रो स्थानमा छन् । त्यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले आठ हजार ४२५ मत सहित दोस्रो स्थानमा छन् । रवि लामिछानेले ४५ हजार ८४२ मत सहित अग्रता लिइरहेका छन् ।
यद्यपि उनको हार निश्चित भइसकेकोले हार स्विकार गर्दै सामाजिक सञ्जालका एक पोष्ट गरेका छन् ।
उनले लेखेका छन्, ‘निर्वाचनमा जितहार स्वाभाबिक प्रकृया हो ,सहज लिएको छु । जस्तोसुकै अप्ठयारो परे पनि जनताको सेवा र चितवनको विकास अनि समृद्दीका लागि लडिरहनेछु । सबैमा हार्दिक धन्यवाद ।’
पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको अग्रता छ । उनको जित निश्चित भइसकेको छ ।
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, कात्तिक १३– चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता […]
काठमाडौं, कात्तिक १३- गाजामा इजरायली आक्रमणबाट ८ हजार ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार ५०० प्यालेस्टिनी […]