Listen Live: 

माडीको पहिलो र एकमात्र झोलुङ्गे पुल माडीकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै

Radio Chitwan
शनिबार, चैत्र ५, २०७८

चितवन, चैत ५ । माडीको पहिलो र एकमात्र झोलुङ्गे पुल माडीकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै गएको छ ।
माडी–ठोरी हुलाकी सडकअन्तर्गत खरकट्टा बजारदेखि एक किलोमिटर दक्षिण तर्फ माडी–८ को कान्तिपुर, नयाँ गाउँ र बाह्घरेको संगम स्थल घाँगर खोलाको मध्य भाग भन्दा केही माथि माडीमा नै पहिलो पटक झोलुङ्गे पुल बनेपछि यस ठाउँले घुमफिर र पिक्निक स्पोर्ट्सको रुपमा पर्यटक लोभ्याउन थालेको छ ।
माडी नगरपालिकाकी उपमेयर ताराकाजी कुमारी महतोले माडीको बैकुण्ठे ताल नजिकै पर्ने भएकोले पनि झोलुंगे पुलमा आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बनेको जानकारी दिइन् । उनले भनिन्, ‘माडी नगरपालिकाको एक मात्र झोलुंगे पुल भएकोले पनि सबै जना पुल हेर्न जाने फोटो खिच्ने गर्न थालेका छन् । मानिसहरुको दुईवटा बस्तीलाई जोड्ने भएकोले पनि आहोरोदाहोर बढ्ने गर्छ ।’
पर्यटकको आगमन बढेसँगै यो ठाउँमा पार्क समेत बनाउन लागिएको माडी नगरपालिका–८ का वडा अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए । अहिले यहाँ पिकनिक खाने, झोलुंगे पुल घुम्ने, फोटो खिच्ने, टिकटक बनाउनेको त भीड नै लाग्ने गरेको छ । अझ शनिबार र सार्बजनिक बिदाको दिन त यहाँ घुम्ने र पिकनिक खानेको धेरै घुइँचो लाग्ने गरेको स्थानीयबासी शान्ति प्रजाले बताइन् । यहाँ अहिले दैनिक रुपमा १०० भन्दा धेरै र सार्वजनिक बिदा तथा शनिबारको दिनमा २०० बढी मानिसहरु आउने गरेको पनि उनले जानकारी दिइन् । पिकनिक खानको लागि त धेरै जसो दिनमा दिनमै चार टोलीसम्म हुने हुँदा पिकनिक खाने स्थानको समेत कमी हुने गरेको अर्का स्थानीय एवम् जुझारु महिला सुकमाया प्रजाले बताइन् । झोलुंगे पुल बनेपछि त्यस ठाउँका करिब २० घरधुरीलाई आवतजावतमा सहज भएको छ । पहिले त पुल थिएन बर्खा याममा बिरामीहुँदा समयमानै अस्पताल जान समस्या थियोे । जसका कारण अकालमा नै ज्यान जान्थ्यो । अहिले त पुल बनेपछि सजिलो भएको छ । स्थानीय वृद्धा पदमकुमारी प्रजाले खुसी हुँदै भनिन् । उनले भनिन्, ‘खोलो उर्लिएर आउदा नाती नातिना स्कुल जान नपाउने गए पनि बिधालयबाट फर्किदा खोलो बढे पछि वारिको वारी पारीको पारी भएर नाति नातिनालाई टुलुटुलु हेर्नु शिबाय केही थिएन । अहिले त सहज भएको छ ।’

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram