कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनको राप्ती नगरपालिकाले नगरभित्रका विपन्न जनताका लागि धमाधम घर निर्माण

राप्ती । चितवनको राप्ती नगरपालिकाले नगरभित्रका विपन्न जनताका लागि धमाधम घर निर्माण गरिरहेको छ । वास्तविक विपन्नको पहिचान गरेर त्यस्ता परिवारको उचित बासका लागि घर निर्माणलाई नगरपालिकाले तीव्रता दिएको हो ।
वडा कार्यालयको सिफारिस, नगरपालिका आफैँले पहिचान गरेका त्यस्ता परिवारको बासको ग्यारेन्टी गर्न आफूहरु केन्द्रित रहेको राप्ती नगरपालिका प्रमुख शमशेर लामाले बताए । पहिलो वर्ष नगर गौरवका आयोजनाहरु समावेश नभए पनि जनताको गाँस, बास र कपासलाई प्राथमिकता दिइएको उनले बताए ।
आगामी बजेटमार्फत गौरवका आयोजनाहरु समावेश गर्नुका साथै विपन्न समुदायको आयआर्जन वृद्धि, विपन्नलक्षित आवास निर्माण, कृषकलक्षित कार्यक्रमलाई प्राथमिकता दिने प्रमुख लामाको भनाइ छ । त्यसबाहेक शिक्षा र स्वास्थ्यको क्षेत्रमा पहिलो वर्षदेखि सुधारको काम भइरहेकाले ती क्षेत्रलाई पनि सँगै अघि बढाउने लामा बताउँछन् ।
विपन्नलक्षित आवास निर्माणअन्तर्गत यो चालू आर्थिक वर्षमा एक सयवटा घर बनाउने नगरपालिकाको लक्ष्य रहेको छ । सोहीअनुसार हालसम्म ८० वटाभन्दा बढी घर निर्माण भइसकेको नगरप्रमुख लामाले बताए । नगरपालिकाले हरेक वर्ष एक सय घर निर्माण गर्ने लक्ष्य राखेको थियो । ‘गाँस, बास, कपास हरेक व्यक्तिको नैसर्गिक अधिकार हो’, नगर प्रमुख लामाले भने, ‘त्यो पूरा गर्न नगरपालिका आफैँले बजेटमा नै व्यवस्था गरेको छ, खान नपाएर कोही पनि भोकै रहन पर्दैन ।’ नगरप्रमुख लामाले स्थानीय सरकार रहेको अनुभूति दिलाउने गरी काम गर्ने बताए ।
शनिबार राप्ती नगरपालिका प्रमुख लामाले नगरपालिकाको वडा नम्बर–१, सिमरामा निर्माण गरिएको दुईवटा घरको अनुगमन गरेका छन् । पहिचान गरेका त्यस्ता घरका सम्बन्धित व्यक्तिले घर निर्माण गरिसकेपछि भुक्तानी दिने व्यवस्था गरेको छ । दुईकोठे घरका लागि नगरपालिका प्रतिघरधुरी दुई लाख रूपैयाँ दिँदै आएको नगरप्रमुख लामाले बताए ।
‘विपन्नको पहिचान गरेर नगरपालिकाको स्टमेटअनुसार घर निर्माण गर्न भन्छौँ’, प्रमुख लामाले भने, ‘प्रतिघर दुई लाखसम्म दिने व्यवस्था गरेका छौँ ।’
आफूले पाएको घर निर्माणका लागि अनुगमनमा पुगेका नगरप्रमुख शमशेर लामासमक्ष सिमराका दलबहादुर राई र पूर्णमाया राईले खुसी व्यक्त गरे । पहिलो छाप्रोमा बस्नु परेको पीडा सुनाउँदै पूर्णमाया राई भन्छिन्, ‘नगरपालिकाले हाम्रो पीडा सुन्यो, यसमा खुसी छौँ । अब हावाहुरी र वर्षाको बेला आनन्दले बस्न पाइने भयो ।’ ‘पानी परेपछि सुत्न पाइन्थेन’, पूर्णमायाले थपिन्, ‘त्यस्तो अवस्थामा छोराको घर गएर सुतिन्थ्यो । कहिलेकाहीँ त पकाएरसमेत खान पाइन्थेन, अब ढुक्क छ ।’
राप्ती नगरपालिकाले पाँच वर्षको अवधिमा पाँच सयवटा घर निर्माण गर्ने लक्ष्य लिएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]