कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
लघुवित्तीय संस्थाबाट पीडित भएकाहरुले आफूहरुको आन्दोलनमा सरकारले दमन गरेको भन्दै आपत्ति जनाए

राप्ती । लघुवित्तीय संस्थाबाट पीडित भएकाहरुले आफूहरुको आन्दोलनमा सरकारले दमन गरेको भन्दै आपत्ति जनाएका छन् । लघुवित्तीय संस्थाविरूद्ध संघर्ष समिति चितवनले राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको बताएको हो ।
पत्रकार सम्मेलनमा देशका विभिन्न जिल्लाबाट झन्डै एक सयभन्दा बढी पीडितहरु उपस्थित थिए । लघुवित्त संस्थाविरूद्धको आन्दोलनका क्रममा चितवनको मुग्लिनसहित अन्य जिल्लामा भएको आन्दोलनमा प्रहरीले दमन गरेको उनीहरुको आरोप थियो ।
संघर्ष समिति चितवन अध्यक्ष सुधा पाठकले वैशाख ३ र ४ गते भएको आन्दोलनमा घुसपैठ हुनुका साथै प्रहरीले लखेटी लखेटी पिटेको बताइन् । ‘हाम्रो आन्दोलन शान्तिपूर्ण थियो, त्यहाँ घुसपैठसमेत भयो’, पाठकले भनिन्, सरकारसँग पीडा पोख्दा न्याय पाउनुपर्नेमा उल्टै धरपकड भयो ।’ प्रहरीको लाठीचार्जबाट आफ्ना केही साथीहरु घाइते भएको उनले बताइन् ।
पत्रकार सम्मेलनमा ऋण लिएको भरमा सुरक्षा नपाउने भन्दै उनीहरुले राज्य दमनको विरोध गरेका थिए । सो अवसरमा छिमेकी जिल्लाबाट संघर्ष समितिसहित पीडितहरु उपस्थित थिए ।
संघर्ष समितिले लघुवित्त संस्थाहरु खारेज गर्नुपर्ने, ती संस्थाबाट लगाइएका सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आमगरिबलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्नेलगायत माग राखेर चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]