Listen Live: 

रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

Radio Chitwan
आइतवार, बैशाख १०, २०८०

चितवन,बैशाख १०(

चितवन क्षेत्र नं।२ को उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र उसका अध्यक्ष रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नं। २ मा उजुरी दिएका हुन् ।

मतदान भइरहेको बेलामा रास्वपा अध्यक्ष लामिछानेले सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेको, लामिछानेले मतदान केन्द्रमा हुलहुज्जत गर्ने गराउने गरी मतदातालाई प्रभावित बनाएको दाबी उजुरीमा गरिएको छ । नयाँ किरण मावि भोजाड मतदान केन्द्रमा विवाद पछि रास्वपाका प्रतिनिधिसहित बसेको सर्वदलीय बैठकले रास्वपाले आचारसंहिता उल्लंघन गरेको स्वीकार गर्दै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेका पनि उजुरीमा स्मरण गराइएको छ ।

उजुरीमा चितवनका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन कार्यालयको ठाडो आादेशमा एक पक्षीय रुपमा मतदाता र मतदान प्रतनिधिमाथि लाठी चार्ज गरेको र मतदातालाई भयभीत पारिएको भन्दै कारबाहीको माग गरिएको छ ।

आन्य समाचारहरु:-
May 18, 2024
सनातन हिन्दुधर्म ध्वस्त भएका कारण राष्ट्रको अवस्था जरजर भएको छ : पूर्वमन्त्री पाण्डे

चितवन । चितवन क्षेत्र नं. ३ का सांसद एवं पूर्वमन्त्री बिक्रम पाण्डेले सनातन हिन्दुधर्म ध्वस्त भएका कारण राष्ट्रको अवस्था जरजर भएको उल्लेख गर्नुभएको छ । राप्रपा नगर कमिटी रत्ननगरले आयोजना […]

May 18, 2024
जीवन विकास लघुवित्तको वित्तीय साक्षरता : उत्कृष्ट कारोबार गर्ने सदस्य पुरस्कृत

रत्ननगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लि.ले शनिबार वित्तीय साक्षरता तथा उत्कृष्टक करोबार गर्ने सदस्यहरुलाई पुरस्कृत गरेको छ । सो संस्थाको राप्ती शाखाले खैरहनीमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय […]

May 17, 2024
संरक्षणमा नेचर गाइडको भूमिका महत्वपूर्ण

मेघौली । वन्यजन्तु संरक्षणमा नेचर गाइडको भूमिका महत्वपूर्ण भएको कार्यक्रमका सहभागीहरूले बताएका छन। मेघौली– घटगाई नेचर गाइड एसोसिएसन भरतपुर चितवनको आयोजनामा शुक्रबार मेघौलीमा सम्पन्न स्थानिय निकायका साथै सरोकारवालाहरू सँग परिचयात्मक […]

May 17, 2024
राइटपाथ चितवनको ‘ग्रान्ड एजुकेसन कन्क्लेभमा’ विद्यार्थीहरूको उत्साहजनक सहभागिता

रत्ननगर, जेठ ४ । शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले चितवनमा आयोजना गरेको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४’ सम्पन्न भएको छ । शुक्रवार नारायणगढको लायन्सचोक स्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram