कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
भरतपुरमा झडपको अवस्था आएपछि रवि लामिछानेको टिप्पणी: म अन्य मतदान केन्द्रमा जाने अवस्था छैन

चितवन, वैशाख १०(
चितवन–२ मा आज भइरहेको उपनिर्वाचनमा एक केन्द्रको मतदान केही समय स्थगित भएको छ ।
भरतपुर–११ को नयाँ किरण माविमा मतदान स्थगित भएको हो ।
प्रहरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने उक्त केन्द्रमा पुगेपछि उनका समर्थकले नाराबाजी गरेका थिए ।
लामिछानेका समर्थकले नारा लगाएपछि अन्य दलका कार्यकर्ताले मतदान केन्द्रमा नाराबाजी गर्न पाइँदैन भन्दै विरोध गरेका थिए । सो क्रममा दुई पक्षबीच धकेलाधकेल भएको थियो । रास्वपाले उक्त धकेलाधकेलमा आफ्ना केन्द्रीय सदस्य दीपक बोहोराको मोबाइल फुटाइएको बताएको छ । उनी भिडिओ खिचिरहेका थिए ।
धकेलाधकेल भएपछि फेसबुक लाइभमा आएर रास्वपाका सभापतिसमेत रहेका लामिछाने आफू त्यहाँ पुग्दा समर्थकले सामान्य रूपमा स्वागत गरेको बताए । मंसिरको चुनाव आफू मतदान केन्द्रमा पुग्दा योभन्दा ठूलो स्वागत भएको उनले बताएका छन् ।
‘म पुग्दा त्यहाँ हाईहाई भन्ने हुटिङ गर्ने सामान्य कुरा गरेका थिए तर त्यसपछि अरू दलका कार्यकर्ताले हामीमाथि धकेलाधकेल गरे,’ लामिछानेले भने,‘म अहिले अरू मतदान केन्द्रमा जाने अवस्था छैन।’ उनले मतदानलाई शान्तिपूर्ण तरिका सम्पन्न गर्न अरू दलका कार्यकर्तालाई आग्रह गरेका छन्।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]