Listen Live: 

चितवन क्षेत्र नं २ भर एम्बुलेन्स र दमकल बाहेकका सवारी साधनलाई सञ्चालनमा रोक

Radio Chitwan
आइतवार, बैशाख १०, २०८०

चितवन, वैशाख ९–

उपनिर्वाचनको मतदानको दिन चितवन क्षेत्र नं २ भर एम्बुलेन्स र दमकल बाहेकका सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी चितवन २ मा पर्ने राजमार्गसहितका सबै सडकमा अनुमति लिन नपर्ने अत्यावश्यक सेवा एम्बुलेन्स र दमकल बाहेकका अन्य सवारी साधनलाई रोक लगाउने बताएको हो ।

यसअघि प्रशासन कार्यालयले राजमार्गमा गुड्ने लामो दुरीका गाडीलाई चल्न दिने बताएको थियो । गृह मन्त्रालयको निर्णय कार्यान्वयन र उच्चस्तरिय निर्वाचन सुरक्षा समितिको निर्णय बमोजिम पछिल्लो निर्णय भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । ‘अनुमति लिन नपर्ने सवारी साधन बाहेकलाई राजमार्गमा पनि सञ्चालनमा रोक लगाउने निर्णय भएको छ’, उनले भने ।

भोलि मतदानको दिन बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म चितवन २ भर सवारी सञ्चालनमा रोक लगाइएको हो । चितवन २ मा पूर्व–पश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग पर्छन् । यो निर्णय सँगै राजमार्ग भएर पूर्व र पश्चिम जाने र काठमाडौँ, पोखरातर्फ जाने लामो दुरीका गाडी पनि सञ्चालन हुन नपाउने भएका छन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram