कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनसहित तीन जिल्लाहरुमा हुने उपनिर्वाचनमा असामान्य परिस्थिति सिर्जना भएमा तत्काल आयोगलाई जानकारी गराउन निर्देशन

चितवन, वैशाख ९(
निर्वाचन आयोगले चितवनसहित तीन जिल्लाहरुमा हुने उपनिर्वाचनमा असामान्य परिस्थिति सिर्जना भएमा तत्काल आयोगलाई जानकारी गराउन निर्देशन दिएको छ ।
आयोगले आज एक विज्ञप्ति प्रेषित गर्दै मतदान केन्द्रमा कुनै पनि किसिमको अवाञ्छित क्रियाकलाप वा असामान्य परिस्थिति सृर्जना भएमा तत्काल निर्वाचन अधिकृत, सुरक्षा संयन्त्र र आयोगमा जानकारी गराई मतदान कार्य सुचारु गर्न आवश्यक वातावरण मिलाउन निर्देशन दिएको हो ।
भोलि वैशाख १० गते आइतबार उपनिर्वाचन–२०८० का सन्दर्भमा तोकिएको समयमा मतदान कार्य प्रारम्भ गरी मतदानलाई प्रचलित कानुन र निर्देशिकाको पूर्ण पालनासहित सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले सरोकारवालाहरुलाई आव्हान गरेको छ । आयोगले राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि र सम्बद्ध सबैमा सो आव्हान गरेको हो ।
निर्वाचन आयोग ऐन–२०७३, निर्वाचन ९कसूर तथा सजाय० ऐन–२०७३, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली–२०७४, निर्वाचन आचारसंहिता–२०७९, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका–२०७४, निर्वाचन विवाद ९सुनुवाई र निरुपण० सम्बन्धी कार्यविधि–२०७६, समेतमा भएका कानुनी व्यवस्थाहरूको पालना गरी÷गराई देहाय बमोजिम हुन सम्बन्धित मुख्य निर्वाचन अधिकृत मार्फत मतदान कार्यमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मीलगायत सम्बद्ध कर्मचारीहरूलाई आयोगले विज्ञप्तिमार्फत् विशेष निर्देश गरेको छ ।
विज्ञप्तिमा आयोगले मतदाताहरूलाई मतदानका लागि सहज र सुरक्षित वातावरण बनाई मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्ज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा वा यस्तै प्रकृतिका सामानहरू साथमा लिएर जान तथा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा प्रवेश गर्न निधेष गरेको छ । त्यस्तै, निर्वाचन आचारसंहिता–२०७९ बमोजिम मतदान कार्यमा खटिने कर्मचारी र उम्मेदवारको प्रतिनिधिलाई तोकिए अनुसारका अनुसूची बमोजिमको प्रतिबद्धतापत्रमा दस्तखत गराई सोको पूर्ण पालना गराउन आयोगले स्मरण गराएको छ । उप निर्वाचनमा अशक्त ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी वा गर्भवती वा आफ्नो काखे बच्चा साथमा भएकी महिला, किरियापुत्रीलगायतका मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई सहजरुपमा मतदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । त्यस्तै, मतदान अधिकृतले दृष्टिबिहीन वा शारीरिकरूपले पूर्ण अशक्त वा अति अशक्त अपाङ्गताको प्रमाणपत्र भएको वा कुनै दुर्घटनामा परी वा अन्य कारणले आफैँ मतदान कक्षमा गई एक्लै मतदान गर्न असमर्थ व्यक्ति हो होइन यकिन गरी त्यस्ता आफै मत संकेत गर्न नसक्ने मतदाताका हकमा एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा जान अनुमति दिई मतदान अधिकृतको रोहबरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मत संकेत गर्ने उपयुक्त व्यवस्था मिलाउन आयोगले विज्ञप्तिमार्फत निर्देशन दिएको छ ।
दृष्टिबिहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफै मत संकेत गर्न नसक्ने भई मत संकेत गर्न सहयोग मागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत संकेत गर्ने कार्यमा सहयोग गर्न भनिएको छ । कुनै मतदाताले कुनै कारण देखाई सहयोगीसहित मतदान कक्षमा जान चाहेमा पूर्णरुपमा निधेष गर्न आयोगको निर्देशन छ । त्यस्तै, कुनै मतदाताले मतपत्रको दुरुपयोग गरेमा, गैरकानुनी तवरले मतपत्र दिने वा लिने कार्य गरेमा, मतदानको अधिकार बिना वा पटक पटक मतदान गर्न आएमा, मतदान गर्न बाधा हुने कुनै कार्य गरेमा, उक्त मतदान केन्द्रमा नाम नभएको वा मतदान केन्द्रमा प्रवेश गर्ने अनुमति नपाएको व्यक्ति प्रवेश गर्न आएमा, नाम ढाँटी अर्काको नाममा मतदान गर्न आएमा, मतपत्रमा आफूले लगाएको मत संकेत सार्वजनिक गरेमा, मतपत्रलाई बिगार्ने वा नष्ट गर्ने कार्य गरेमा, मत संकेत गरेको मतपत्र मतपेटिकामा नखसालेमा वा मतपत्र बाहेक अन्य वस्तु मतपेटिकामा खसालेमा त्यस्ता व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई निर्वाचन ९कसूर तथा सजाय० ऐन २०७३ बमोजिम कारबाही गर्न विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिने र त्यस्तो अवस्था सिर्जना भएमा निर्वाचन विवाद ९सुनुवाई र निरुपण० सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी मतदान कार्यलाई सुचारु गर्न आयोगले विज्ञप्तिमा जनाएको छ । आयोगले मतदान केन्द्रमा मतदान प्रारम्भ भएको र प्रत्येक दुई घन्टामा मतदाताको कूल संख्या, खसेको मत, तथा मतदानसम्बन्धी अन्य विवरण छिटो माध्यमबाट निर्वाचन अधिकृत तथा आयोगलाई जानकारी गराउन पनि निर्देशन दिएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]