Listen Live: 

बैतडीमा उपमेयर कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगिता आजदेखि

Radio Chitwan
शनिबार, चैत्र ५, २०७८

बैतडी, ५ चैत रासस बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि उपमेयर कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगिता हुँदैछ ।
दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो । निग्लाशैनी खेलमैदान देहिमाडौँमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले गर्नुहुने नगरक्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिनुभयो ।
उद्घाटन समारोहपश्चात् हुने पहिलो खेलमा वडा नं ६ र ९ खेल्ने भएका छन् । प्रतियोगितामा सहभागी हुने सात टोलीलाई दुई समूहमा विभाजन गरिएको बताइएको छ । समूह ‘ए’ मा वडा नं ६, ९ र ५ रहेका छन् । समूह ‘बी’ मा वडा नं २, ८, ४, ११ छन् । चैत ११ गते प्रतियोगिताको फाइनल खेल हुने नगर क्रिकेट समितिले जनाएको छ ।
उपाधि विजेताले रु ४५ हजार र उपविजेताले रु ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगिताले महिला क्रिकेट खेलाडी उत्पादन र विकासमा सहयोग पुग्ने दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताउनुभयो ।
नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार नै हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट हँुदै आएको नगर क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताउनुभयो । यसअघि चौथो संस्करणको उपमेयर कप वडा नं २ देहिमाडौँलाई ९ विकेटले हराउँदै वडा नं ६ थालिगडाले जितेको थियो ।

आन्य समाचारहरु:-
October 3, 2023
एसियाड क्रिकेटमा नेपाल र भारतको खेल आज,पौने ७ बजे सुरु हुँदै

काठमाडौं,असोज १६- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले १९औं एसियाडको क्वाटरफाइनलमा आज भारतसँग प्रतिस्पर्धा गर्दै छ। टी-ट्वेन्टी आईमा नेपाल र भारत पहिलोपटक आमनेसामने हुन लागेका हुन्। नेपाल र भारतबीचको खेल भोलि […]

October 1, 2023
एसियाली खेलकुदः माल्दिभ्सविरुद्ध नेपालका दुवै ओपनर आउट

काठमाडौ,असोज १४-

September 24, 2023
पारस खड्का नेपाल क्रिकेट संघको सचिवमा निर्वाचित

काठमाडौं, असोज ६-  नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् । कुल […]

September 5, 2023
एसिया कपमा भारतसँग नेपाल १० विकेटले पराजित

चितवन भदौ १८भारतसँग पराजयसँगै नेपाल एसियन कपबाट बाहिरिएको छ । सोमबार वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति ‍‍‍२० दशमलव १ ओभरमा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram