Listen Live: 

चितवन क्षेत्र नं २ मा यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थलमा कर्मचारी

Radio Chitwan
शुक्रबार, बैशाख ८, २०८०

चितवन। चितवन क्षेत्र नं २ मा यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थलमा कर्मचारी खटिएका छन् । ४३ स्थलका एक सय ३८ केन्द्रमा छ सय ९० कर्मचारी खटिएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी इश्वरी आचार्यका अनुसार मतदान अधिकृतलाई दुई दिनको तालिमसँगै आज मतदान केन्द्रमा खटाइएको छ ।

एक मतदान केन्द्रमा पाँच जना कर्मचारी खटाइएको उहाँले जानकारी दिनुभयो । कर्मचारीसँगै निर्वाचनका लागि आवश्यक ७७ प्रकारका सामग्री पठाउन लागिएको उहाँले बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र र जिल्ला निर्वाचन कार्यालयबाट अन्य सामग्री वितरण गरिएको छ ।

उप निर्वाचनका लागि एक लाख ३८ हजार मतपत्र चितवन आइसकेका छन् । हरेक मतदान केन्द्रमा मतदाता सङ्ख्याभन्दा पाँचदेखि १० प्रतिशत बढी मतपत्र पठाइने उहाँले बताउनुभयो । मतदान केन्द्रमा कर्मचारी खटिएसँगै स्थानीयस्तरमा दलका प्रतिनिधिसँग छलफल र अन्य प्रक्रिया सुरु गरिने छ ।

मतदानका लागि कर्मचारीसँगै सुरक्षाकर्मीसमेत आज साँझनै हरेक स्थलमा पुगिसक्ने उहाँले बताउनुभयो । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । तीमध्ये ६३ हजार दुई ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

आन्य समाचारहरु:-
November 27, 2023
तरकारीले बजार नपाउँदा किसान चिन्तित

कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

November 18, 2023
चितवन निकुञ्जमा गैँडा मारेको घटना छानविन गर्न समिति गठन

चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]

November 18, 2023
महिला टी–२० सिरिज: नेपालद्वारा जापान पराजित

हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram